धनुषकी पत्रकार उमा सिहको हत्याको बिरोधमा झापा दमकका पत्रकारहरुले बिरोध कार्यक्रम सम्पन्न भएको छ ।पत्रकारलाई स्वतन्त्रपूर्वक बाच्न र लेख्न देउ भन्ने नाराका साथ मुखमा कालोपट्टी बाधेर झापा माइपश्चिमका ५० भन्दा बढी पत्रकारहरुको उपस्थितिमा दमक चोकदेखि निस्कीएको बिरेध र् याली नगर परिक्रमा पछी पुन गणतन्त्र चोकमा कोण सभामा परिणत भएको थियो ।
सभामा महासंघ झापाका सभापक्ति मोहन कालीले पत्रकारमाथी बाराम्बार आक्रमण भइरहदा पनि सरकार मौन रहेको कारण यस्तो अवस्था आएको बताउदै सरकार यसरीनै मौन रहने र पत्रकार माथि बाराम्बार आक्रमण भइरहने हो भने आफ्नो ज्यान रक्षाको लागी पत्रकारहरु पत्रपत्रिका रेडियो टिभी छाडेर सडकमा उत्रन तयारी अवस्थामा रहेको बताउनु भयो ।पत्रकार माच दमक र नेपाल पत्रकार महासंघ झापा शाखाको आयोजनामा सम्पन्न कार्यक्रममा नेपाल मानवअधिकार संघले ऐकेवद्धता जनाउदै सघंका पूर्वााचल संयोजक केपी सुवेदी दमक जेसीज का अध्यक्ष संगक शर्मा लगायतले बोल्नु भएको थियो ।
No comments:
Post a Comment
प्रतिक्रिया दिन चाहने पाठकहरुलाई जरुरी सूचना...
- यहांहरुले प्रतिक्रिया लेख्दा कृपया सभ्य भाषाको प्रयोग गर्नुहोला।
- असभ्य र आपत्तिजनक शव्दहरु प्रयोग गरिएको प्रतिक्रियालाई स्थान दिइने छैन।