भiरतीय पक्षबाट भएको नेपाली भुमी अतिक्रमण बिरोधमा माच सम्बद्ध संघीय लिम्बूवान राज्य परिषदले दवाप मुलक कार्यक्रम सुरु गरेको छ । 
प्छिल्लो पटक भारतले इलामको पशुपतिनगरमा गरेको अतिक्रमणको बिरोध जनाउदै अतिक्रमित क्षेत्रमा गई परिषदको युवा दस्ता लिम्बूवान भोलेन्टीयस्रले आइतबार मार्चपास र प्रदर्शन गरेको छ । भोलेन्टीयस्रका केन्द्रय कमाण्डर फक्ताङलुङको नेतृत्वमा गएको ३ सय बढीको टोलीले पशुपतिनगर स्थित बसपार्क देखि फटाक सम्म बिरोध र् याली गरेको थियो । त्यहा आयोजित कोणसभामा भोलेन्टीयस्रका कमाण्डर फक्ताङलुङ सहकमाण्डर तेन्दोङहाङ परिषदका केन्द्रय सदस्यदोय प्रेमदीप थामसुहाङ र थाङसाङ लावती लिम्बूवानका स्थानिय नेता अमित चेम्जोङ र प्रेम लावतस् लयागतले बोल्नु भएको थियो ।
No comments:
Post a Comment
प्रतिक्रिया दिन चाहने पाठकहरुलाई जरुरी सूचना...
- यहांहरुले प्रतिक्रिया लेख्दा कृपया सभ्य भाषाको प्रयोग गर्नुहोला।
- असभ्य र आपत्तिजनक शव्दहरु प्रयोग गरिएको प्रतिक्रियालाई स्थान दिइने छैन।