Wednesday, February 11, 2009

एमाले नेतानै अपराधि हो

अग्नी
योङ्ग कम्युनिष्ट लिगका कोचिला राज्य समिति अध्यक्ष राजु आचार्य अग्नीले महान जनयुद्धका नायकहरु जनमुत्ति शेनालाई कथित अपराधिको संज्ञा दिने एमाले नेता माधवकुमार नेपालनै घोर अपराधि भएको टिप्र्णी गर्नु भएको छ । महान जनयुद्धको १४औ वार्षिक उत्सवको पूर्वसन्ध्यामा बुधबार झापको दमकमा पार्टी द्धारा आयोजित दिप प्रज्वलन कार्यक्रममा प्रमुख अतिथिको आसनबाट बोलदै वहाँँले त्यस्तो टिप्पणी गर्नु भएकोहो ।
समानन्तवादको नाइके ज्ञानेन्द्रको पाहुमा दाम चढाएर ढोगनेहरु जतिको अपराधि अरु काही हुन नसक्ने भन्दै वहाँले अपराधिको संरक्षणमा लागेकाहरुनै वास्ताविक अपराधि भएको वाहाँको भनाइ छ । मुत्तिगामि नेपाली जनताले त्यस्ता तत्वको पहिचान गरिसकेको दावी गर्दै वहाँले त्यस्ता तत्वकाहरुको वहकाउमा जनता नलाग्ने बताउनु भयो । दिवसको अवसर पारेर एकिकृत नेकपा माओवादीले बुधबार देखि विभिन्न कार्यक्रमहरुको सुरु गरेको छ । कार्यक्रम अन्तरगत बिहिबार पोलिट व्यूरो सदस्य राम कार्की पार्थको प्रमुख आतिथ्यमा दमकमा वृहत जनसभा सहित एकता राष्ट्रिय जागरण तथा बिकास जनपरिचालन उत्तरपूर्वी अभियानको उदघाटन गर्ने कार्यक्रम रहेको पार्टी स्रोतले जानकारी दिएको छ । कार्यक्रमको प्रचार प्रसारका लागि बुधबार दमक नगरमा भाइकिङ कार्य सम्पन्न गरेको छ ।त्यसै गरि ८औ जनमुत्ति शेना दिवस तथा १४औ जनयुद्ध दिवसको अवसर पारेर नवलपरासि स्थित जनमुत्ति शेनाल चौथो डिभिजनले वृहत कार्यक्रम आयोजना गर्ने भएको छ । त्यहाँ आयोजना हुने कार्यक्रम तथा विभिन्न खेलकुद प्रतियोगितामा भाग लिन चुलाचुली स्थित प्रथम डिभिजन बाट १ सय ५० बढी खेलाडिहरु त्यस तर्फ प्रस्थान गरेको डिभिजन सह-कमाण्डर पावेलले जानकारी दिनु भयो । सो कार्यक्रलाई प्रधानमन्त्री तथा एकिकृत नेकपा माओवादीका अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

No comments:

Post a Comment

प्रतिक्रिया दिन चाहने पाठकहरुलाई जरुरी सूचना...
- यहांहरुले प्रतिक्रिया लेख्दा कृपया सभ्य भाषाको प्रयोग गर्नुहोला।
- असभ्य र आपत्तिजनक शव्दहरु प्रयोग गरिएको प्रतिक्रियालाई स्थान दिइने छैन।