Tuesday, February 10, 2009

जनयुद्ध दिवसमा विभित कार्यक्रम

१४औ महान जनयुद्ध दिवसको अवसर पारेर एकिकृत नेकपा माओवादीले आज देखि विभिन्न कार्यक्रमको आयोजना गर्दै छ । यसै अवसरमा आज साझ झापाको दमकमा जनयुद्धका सहिदहरुको सम्झानामा गणतन्त्र चोकमा दिप प्रज्वलन गर्ने कार्यक्रम रहेको पार्टीले जनाएको छ । त्यसै गरि भोली पार्टी पोलिट व्यूरो सदस्य राम कार्की पार्थको प्रमुख आतिथ्यमा दमकमा वृहत जनसभा सहित एकता राष्ट्रिय जागरण तथा बिकास जनपरिचालन उत्तरपूर्वी अभियानको उदघाटन गर्ने कार्यक्रम रहेको रहेको छ । सो कार्यक्रमका लागि पार्टीले आज प्रचार प्रसारका लागि दमक नगरमा भाइकिङ सुरु गरेको पार्टीका जिल्ला सदस्य महेन्द्र भट्टराईले जानकारी दिनु भएको द्ध । त्यसै गरि ८औ जनमुत्ति शेना दिवस तथा १४औ जनयुद्ध दिवसको अवसर पारेर जनमुत्ति शेनाले नवलपरासि स्थित चौथो डिभिजनमा वृहत कार्यक्रम आयोजना गर्ने भएको छ । त्यहाँ आयोजना हुने कार्यक्रम तथा विभिन्न खेलकुद प्रतियोगितामा भाग लिन चुलाचुली स्थित प्रथम डिभिजन बाट १ सय ५० बढी खेलाडिहरु त्यस तर्फ प्रस्थान गरेको डिभिजन सह-कमाण्डर पावेलले जानकारी दिनु भयो । सो कार्यक्रलाई प्रधानमन्त्री तथा एकिकृत नेकपा माओवादीका अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

No comments:

Post a Comment

प्रतिक्रिया दिन चाहने पाठकहरुलाई जरुरी सूचना...
- यहांहरुले प्रतिक्रिया लेख्दा कृपया सभ्य भाषाको प्रयोग गर्नुहोला।
- असभ्य र आपत्तिजनक शव्दहरु प्रयोग गरिएको प्रतिक्रियालाई स्थान दिइने छैन।