Saturday, February 14, 2009

युनियनको अपिल

आगामि चैत ६ गते सम्पन्न हुन लागेको स्वतन्त्र बिद्यार्थिको खचुनावलाई तक्षित गर्दै संघीय बिद्यार्थी युनियनले एक अपिल जारी गरेको छ । वर्तमान स्ववियुको संरचना र निर्वाचन प्रणालीमा परिर्वतन गरी समानुपातिक निर्वाचन प्रणालीका आधारमा स्ववियुको निर्वाचान सम्पन्न गर्नु पर्ने लगायतका १४ बुद्धे मागहरुको साथमा जारी गरिएको अपिलमा आहिले सम्मको स्ववियु निर्वाचनहरु यथास्थितीवादी प्रणालीमा निमार्ण भएको कारण बिद्यार्थीहरुको हितमा कुनै पनि प्रगतिसिल कार्य गर्न नसकेकोले त्यसको अन्त्यको लागि आफ्नो संगठनले अस्तो आन्दोलन गर्न बाध्य भएकालॆ त्यस परिर्वतनकारी आन्दोलनमा सबैले पक्षहरुलाई सहयोग गरिदिनको लागि आग्रह गरिएको छ । अपिलमा चुनाव समानुपातिक तरिकाले सम्पन्न गर्नको लागि विभिन्न कार्यक्रमहरु समेत घोषणाा गरेको छ । जस अनुरुपका कार्यक्रमहरु म्ाघ २१ गते त्रिभुवन विश्वबिद्यालय लगायत सम्बन्धित निकायहरुमा १० दिने अल्टीमेटम सहितको ज्ञापन पत्र बुझाउने फागुन १ देखि ७ गते सम्म प्रचारात्मक आन्दोलन स्वरुप भित्तेलेखन अपिल वितरण जुलुस मसाल जुलुस क्याम्पस प्रसाशन घेराउ गर्ने फागुन ८ देखि १२ गते सम्म समपूर्ण स्कुल तथा क्याम्पसहरु बन्द गर्ने फागुन १२ देखि ३० गते सम्म प्रशिक्षण संगठन विस्तार सगठन खसुढृडीकरण कार्य र चैत १ गते देखि सम्पुर्ण शैक्षिक संस्थाहरु अनिश्चतकालिन बन्द गर्ने लगायतका रहेका छन ।

No comments:

Post a Comment

प्रतिक्रिया दिन चाहने पाठकहरुलाई जरुरी सूचना...
- यहांहरुले प्रतिक्रिया लेख्दा कृपया सभ्य भाषाको प्रयोग गर्नुहोला।
- असभ्य र आपत्तिजनक शव्दहरु प्रयोग गरिएको प्रतिक्रियालाई स्थान दिइने छैन।