Saturday, February 14, 2009

लिम्बूवानको अभियान सकियो

लिम्बूवान स्वयतत्ताको माग गर्दै लिम्बूवान जन्य आठ संगठनहरुले संयुत्तरुपमा साचालन गरेको लिम्बूवान जागरण अभियान सनिबार सम्पन्न भएको छ । गएको माघ २२ गते ताप्लेजुङको फुङलिङबाट सुरु गरिएको उत्त अभियान संखुवासभाको चैनपुरमा सनिवार सम्पन्न भएको हो । अरुण पूर्वका ९ ओटै जिल्लामा विभिन्न पार्टीको भाद्री संगठनहरुको संयुत्त पहलमा सुरु गरिएको अभियानमा लिम्बूवान भनिएको अरुण पूर्वका ९ ओटै जिल्लाहरुमा वृहत जनसभाहरु सम्पन्न गरिएको माच सम्वद्ध संघिय लिम्बूवान राज्य परिषदका केन्द्रीय अध्यक्ष लोकसागर साम्बाले जानकारी दिनु भएको छ । समापन कार्यक्रममा एकीकृत नेकपा माओवादीको जातीय संगठन लिम्बूवान मुत्तिमोर्चाका केन्द्रउ सचिव कमल चोङवाङ राष्ट्रिय जनमुत्ति पार्टीका जातीय संगठनको लिम्बूवान प्रन्तिय परिषदका केन्द्रय सचिव विसन थाङदेन नेपाली कंग्रेसको तर्फबाट मंगल लिम्बू माच सम्बद्ध संघिय लिम्बूवान राज्इ परिषदको तर्फबाट अध्यक्ष कुमार लिङदेन मिराक याक्खा स्वायत परिषदका केन्द्रीय संयोजक कमन देवान लगायतले बोल्नु भएको थियो । कार्यक्रममा विभिन्न जात जातिहरुको झाकी प्रस्तुग गरिएको थियो । सोही अवसरमा नमुना काङसोरेको प्रर्दशर्नी गरिएको याक्खा स्वायत परिषदका केन्द्रीय संगोजक मनम देवानले जानकारी दिनु भएको छ ।

No comments:

Post a Comment

प्रतिक्रिया दिन चाहने पाठकहरुलाई जरुरी सूचना...
- यहांहरुले प्रतिक्रिया लेख्दा कृपया सभ्य भाषाको प्रयोग गर्नुहोला।
- असभ्य र आपत्तिजनक शव्दहरु प्रयोग गरिएको प्रतिक्रियालाई स्थान दिइने छैन।