Monday, February 2, 2009

सभादक्षको गाउँमै सिटामोल छैन

बिष्णु पौडेल
बिच गाउँमा पहेलो रंगले पोतेको चार कोठे एउटा पक्की भवन छ । त्यो भवनका चारै कोठामा ताला झुण्डिइएको साठी दिनभन्दा बढी नै बित्यो । ती बन्द कोठाभित्र मान्छेको ज्यानै बचाउने सरकारी औषधीको म्याद कटिरहेको छ ।तर दुर्भाग्य त्यहाँका मानिसलाई टाउको दुख्यो भने सिटामोल लिन चाँही डेढ घण्टाको पैदल दुरी हिड्नुपर्छ ।
इलामको सुदुर दक्षिणी र झापादेखि उत्तर क्षेत्रमा पर्ने इलामको चुलाचुली गाबिसको ६नम्बर बडामा रहेको एउटा स्वास्थ्य निकायको हविगत हो यो । त्यहाँ स्थित गाउँ घर क्लीनिक नामको स्वास्थ्य संस्थाका एक मात्रै कर्मचारी अहेव हरि प्रसाद आचार्य गएको मध्य मंसीरदेखि आउन छाडेपछि त्यस क्षेत्रका १५ हजार बढी जनताले सिटामोल समेत सजिलै पाएका छैनन ।स्थानिय बासिन्दा समेत रहेको सञ्चारकर्मी छबि ढकाल यसअघि सो क्लीनीकमा दैनिक ३५ देखि ४० सम्म सेबाग्राही आउने गरेको बताउँछन । टाउको, पेट दुख्दा समेत नभएर हठात कुनै घटना दुर्घटना हुँदा समेत प्राथमिक उपचारका सामाग्रीको बन्दोबस्तो रहेको क्लीनिकका कर्मचारीको खोजी कसैले गरेको छैनन् । क्लिनिक सञ्चालक समितिका अध्यक्ष गंगाराम साउदेन बिना जानकारी आचार्य आउन छोडेपछि अफ्ठ्यारो परेको बताउछन ।सरकारले चुलाचुली गाबिसका लागि दिएको उपस्वास्थ्य चौकी पुग्न ६,७ र ८ नम्बर बडाका बासिन्दाले चानचुन डेढ घण्टा नै हिड्नुपर्छ । निजी क्लीनिकसम्म पुग्न पनि अर्कै जिल्ला झापाको दमक पुग्नुपर्छ , त्यो पनि दुइ वटा नदी छिचोलेर यो समस्या झेल्न चुलाचुलीका मात्र होइन सँगै जोडिएको पूर्वको सुगम जिल्ला मध्येको झापाको लखनपुर १ का सयौं बासिन्दा बाध्य छन् । स्थानिय ढकाल भन्छन बर्खाको समयमा त उपचार अभावमा कत्तिको ज्यानै जान्छ । राति अचानक बिरामी पर्नु त मर्नु समान भएको ढकाल बताउँछन । अखबार र रेडियोमा पढे सुनेका सुरक्षित प्रशुति सेवा लिन गाउँ छोडेर गर्भवती महिलाहरु शहर बस्ने गरेको खबर उनलाई अनौठो लाग्दैन । आर्थिक रुपमा निकै कमजोर मानिसहरु बाहुल्यता रहेको त्यस भेगका बासिन्दाहरुले पटक पटक प्रतिनिधी बनाएर पठाएकाहरु निकै माथि पुगेका छन् । स्वास्थ्य सेवाका पहुँचबाट टाढा रहनु परेको गुनासो आफ्नै क्षेत्रका प्रतिनिधी समेत रहेका संविधान सभा अध्यक्ष सुभाषचन्द्र नेम्बाङसँग राखेको धेरै बित्यो । गएको पुस १८ गते प्रधानमन्त्री पुष्पकमल दहालसँग भेटेर स्थानियबासीले सो क्लीनिकलाई प्राथमिक स्वाथ्य केन्द्रका रुपमा स्थापना गर्न माग गर्दै ज्ञापनपत्र बुझाएका छन् ।हुन्छ भन्न कहिले छाडदैनन्, जो आए पनि जहिले आए पनि छिट्टै भईहाल्छ, गरिहाल्छौ सरकारको ध्यानाकर्षण गराउछौं भन्ने मिठो शब्दमा प्रतिकृया दिन्छन् मन्त्री र सभाध्यक्षले । यता प्रगति भने चलिरहेको क्लीनिकसमेत बन्द भयो ।टाउको दुख्यो की अकै जिल्ला कुद्नुपर्ने त्यो पनि सभाध्यक्ष नै २ पटकसम्म निर्बाचित भएको स्थानमा । सरकारले यसपालि ल्याएको नयाँ नेपाल स्वास्थ्य स्वस्थ्य नेपालको यो नारा चुलाचुलीका यी बासीन्दाका लागि रेडियो पत्रपत्रिका र टेलिभिजनमा अल्मल्यउने गित र कबिताको भाकाभन्दा अलिकति पनि फरक छैन । jhapareporter@gmail.com

No comments:

Post a Comment

प्रतिक्रिया दिन चाहने पाठकहरुलाई जरुरी सूचना...
- यहांहरुले प्रतिक्रिया लेख्दा कृपया सभ्य भाषाको प्रयोग गर्नुहोला।
- असभ्य र आपत्तिजनक शव्दहरु प्रयोग गरिएको प्रतिक्रियालाई स्थान दिइने छैन।