साता अघि झापाको दमकबाट अपहरणमा परेका इलाम चिसोपानी पाचमी बजारका व्यापारी डिल्ली योङहाङको खोजीमा स्थानिय प्रसाशन आवश्यकता अनुसार गम्भिर नदेखिएको सम्बद्ध पक्षले आरोप लागाएका छन । दमक उद्योग बाणिज्य संघले मंगलबार घटनाबारे जानकारी दिन दमकमा आयोजना गरेको पत्रकार सम्मेलनमा संघका द्धितिय उपाध्यक्ष शंकर वस्नेतले बुधकार भएको सो घटना बारे केही जानकार भएका व्यत्तिहरुले समेत असुरक्षाका कारण ठिलो सुचना दिएको आधारमा पनि दमकको सुरक्षा व्यबस्था प्रति स्थानिय वासी विश्वस्त हुन नसकेको पुष्टी भएको बताउनु भयो । वहाँले हाल सम्म सो घटना कसले र कुन उदेश्यले गराएको हो भन्ने बारे प्रसाशनले थोरै पनि सुराक पत्ता लगाउन नसक्नु दुःखद भएको टिप्पणी गर्नु भयो । पत्रकार महासंघ झापा शाखाका उपाध्यक्ष बिष्णु सुब्बाले दिनदाहाडै सर्वसाधारणको अपहरण हुनु र लामो समय सम्म घटनाबारे सत्य तथ्य बाहिर नआउनु लज्जास्पद भएको बताउनु भयो । अपहरीत योङहाङका आफन्ता डिक बहादुर योङहाङले घटना बाट परिवारजन अत्यान्तै मर्माहात भएको बताउदै सकुसल सिहाको लागी पहल गरिदिन सबै पक्ष संग आग्रह गर्नु भयो । कामको सिलसिलामा दमक आएका योङहाङलाई दकम-१२ हाटखोलाबाट अपरिचित मानिसहरुको एक समुहले बुधबार बेलुका हात बाधेर उतर पूर्व तर्फ लगेको प्रत्यक्ष दर्शीलाई उदृत गर्दै इलाका प्रहरी कार्यालय दकमले जनाएको छ । कार्यालय प्रमुख प्रहरी निरिक्षक कमल थापाले घटना बरे प्रहरीमा सुचना ढिलो आएका कारण अनुसन्धानमा केही अप्ठारो भएको बताउदै खोजीका लागि कुनै कसुर बकी नराख्ने जानकारी दिनु भयो । बिष्णु पौडेल
Tuesday, February 3, 2009
Subscribe to:
Post Comments (Atom)

No comments:
Post a Comment
प्रतिक्रिया दिन चाहने पाठकहरुलाई जरुरी सूचना...
- यहांहरुले प्रतिक्रिया लेख्दा कृपया सभ्य भाषाको प्रयोग गर्नुहोला।
- असभ्य र आपत्तिजनक शव्दहरु प्रयोग गरिएको प्रतिक्रियालाई स्थान दिइने छैन।