प्रस्ताव
सेसेहाङ् फियाक लिम्बू
हाम्रो यात्रामा गल्ति भयो
विसर्िदिन्छु भन्ने तिम्रो प्रस्ताव
कसरी अनुमोदन गरुँ हे पि्रये
हाम्रो यात्रामा भएका गल्तिहरु
स्वभाविक रुपमा खतरा छन्
त्यही कल्पनासँगै अघि बढिरहेको
हाम्रो यात्रामा मेरा कंकालहरुले
तिमी तसर्िएर डराएर
अनि
हाम्रो यात्रामा लम्किएका
मेरा कुरुप अनुहारहरुले
तिम्रो सौन्दर्यमा चिथोरिएर
जिन्दगीमा हरेश निराश भएर
तिमीले बहसमा उठाएका
विसर्िदिन्छु भन्ने तिम्रो प्रस्ताव
कुन धरातलमा उभेर
अनुमोदन गरुँ हे पि्रये
पि्रये
मैले तिमीलाई ढाट्नु हुँदैन
हाम्रो यात्रामा मलाई एक्लै बनाएर
फोहोर फालिए झैं फालिएपिछ
मेरा पाइला र पाजा राख्ने
कुनै धरातल नै छैन
मेरा आत्मा र जीवन राख्ने
कुनै मन-मन्दिर नै छैन
मेरा माया ममता र स्नेह बाँड्ने
कुनै वास्तविक संसार छैन ।
केही पनि नभएको मान्छेलाई
विसर्िदिन्छु भनेर राखिएको प्रस्ताव
अब हजुर
कुन अदालतमा उभेर अनुमोदन गरुँ
कुन सदनमा बहस गरुँ
कुन कानुनी ठेलीमा उभेर
तिम्रो प्रस्तावलाई स्वीकारुँ
हे पि्रये
अब तिम्रो प्रस्ताव
अनुमोदन गराउनको निम्ति
म माथि एउटा काम गर्नुपार्छ
अब
तिम्रो माया ममताले बेरिएर
थङ्थलिएको मेरो मुटु
तिमी सुटुक्कै लुक्दै हराउने
यो मेरोआत्मिक जीवन
जीवन-जीवनभित्रको आत्मा
तिमीसँगै उकाली ओराली
वन पाखाहरुमा सुसेलिएका
हाँसो र रोदनहरु
मेरा मन-मन्दिरमा आलै छन्
तिम्रा मुलायम ओंठहरु र नयनहरु
मेरा आत्मामा कहिले नमेटिनेगिर
असर्फी भएर गाडिएका छन् ।
त्यसैले
यिनै हाम्रा साइनोहरु
टुटाएर तिम्रो प्रस्ताव पारित हुन
अब
तिमीले म माथि तेजाव छराएर
यो मेरो मन-मन्दिरलाई विलाइदिनुपर्छ
तिमीले म माथि अग्नीज्वाला उठाएर
मेरा हृदय र मुटुलाई जलाईदिनु पर्छ
मलाई लाखौं-लाख थोपा विष
विनाशर्त पिलाउँदै कुमारी चोकमा
मेरो यो आत्मालाई मारिदिनुपर्छ
अनि मात्र तिम्रो हातहरुले
एकमुठी माटो दान दिएर
यो धर्तीमुनि मेरो जीवनलाई
सिलाम साक्मा गाडेर पुरिदिनुपर्छ ।
तब तिम्रो प्रस्ताव अघि बढ्नेछ ।
हे पि्रये
अनि म विसर्िदिन्छु भनेर
मेरो चिहानमाथि
तिम्रै हातले लेखिनु पर्छ
अनि सदा-सर्वदा नहेर्नेगरी
तिमीले छोडेर जानुपर्छ
त्यही नै तिम्रो प्रस्तावको
अन्तिम स्वीकृतिको निर्णय हुनेछ
त्यही नै
म बाट अनुमोदित प्रस्ताव हुनेछ
जो म बाट फेरि कहिले दावी हुने छैन ।
-२०६५÷६÷७ इलाम ।
No comments:
Post a Comment
प्रतिक्रिया दिन चाहने पाठकहरुलाई जरुरी सूचना...
- यहांहरुले प्रतिक्रिया लेख्दा कृपया सभ्य भाषाको प्रयोग गर्नुहोला।
- असभ्य र आपत्तिजनक शव्दहरु प्रयोग गरिएको प्रतिक्रियालाई स्थान दिइने छैन।