Wednesday, February 18, 2009

शैक्षिक संस्था बन्द बिद्यार्थी मारमा

समानुपातिक स्ववियु निर्वाचन प्रणालिको माग गर्दै संघीय बिद्यार्थी युनियनले आवाहान गरेका शैक्षिक संस्था बन्दका कारण पूर्वााचलका हजारौ बिद्यार्थी मारमा परेका छन । चैत ६ गते सम्पन्न हुन लागेकॊ स्वतन्त्र बिद्यार्थी युनियनको चुनावमा सबै जात जाती सर्ग समुदायको समान प्रतिनित्व हुनु पर्ने माग रखेर केही समय अगाडी सरकारलाई माग पत्र बुझाए पनि आफुहरुलाई बेवास्था गरेको भन्दै सरकालाई दवाप स्वरुप आफुहरु शैक्षिक हडताल जानु परेको युनियनका केन्द्रय सचिव लोक सागर साम्बाले बताउनु भएको छ । वहाँले माग उपर सुनुवाइ नभए चैत्र १ गते देखि देश व्यापि अनिश्चितकालीन शैक्षिक हड्ताल गर्ने चेतावनी समेत दिनु भएको छ । यसरी शैक्षिक संस्था बन्द हुदा पूर्वााचलका झापा मोरङ सुनसरी इलाम चान्थर धनकुटा ताप्लेजुङ लगायतका जिल्लामा अध्यानरत हजारौ बिद्यार्थीहरु मारमा परेका हुन ।

No comments:

Post a Comment

प्रतिक्रिया दिन चाहने पाठकहरुलाई जरुरी सूचना...
- यहांहरुले प्रतिक्रिया लेख्दा कृपया सभ्य भाषाको प्रयोग गर्नुहोला।
- असभ्य र आपत्तिजनक शव्दहरु प्रयोग गरिएको प्रतिक्रियालाई स्थान दिइने छैन।