Saturday, February 21, 2009

याक्खाको नदीनाला नबेच्न आग्रह

याक्खा स्यतत्ता क्षेत्रका नदीनालाहरु बेच बिखन गर्न थालेको भन्दै याक्खाले सो कार्य तत्काल रोक्न आग्रह गररेको छ । एक साता अघि संखुवासभाको चैनपुरमा सम्पन्न लिम्बूवान जन्य मोर्चाहरुको संयुत्त लिम्बूवान जागरण अभियान समापन पछि चैनपुरमै बसेको संघीय लोकतान्त्रिक राष्ट्रि माच संम्बद्ध याक्खा स्यतत्ता परिषदले सो आग्रह गरेको हो । परिषदका केन्द्रीय संयोजक निङलाहाङ याक्खा द्धारा हस्ताक्षरित एक बिज्ञपती जारी गरिएको बिज्ञप्तीमा देश चाडै संघीयता तर्फ जाने चिश्चित भइसकेकोले सरकाले अहिले यस्तो कार्य गर्नु भनेको संघीयताको बिरुद्धमा हुने भएकोले उत्त कार्य तत्काल बन्द गरि संघीय राज्य निमार्णमा लाग्न आग्रह गरिएको छ । बिज्ञप्तीमा आगामि संघिय राज्य प्रणालिमा जातीय ऐतिहासिक पृष्टभूमिको आधारमा लिम्बूवान स्वायतत्त राज्य र त्यस भित्र ऐतिहासिक याक्खा स्वायतत्ता क्षेत्र बन्नु पर्ने याक्खा स्वायतत्ता भित्रका प्राकृतिक सोत साधनहरुको प्रयोग गर्दा याक्खा समुदाय र माच संम्बद्ध संघीय याक्खा स्वायतत्त परिषद संग परामर्श लिएर मात्र गरिनु पर्ने लगायतका कुराहरु उल्लेख गरिएको छ ।

No comments:

Post a Comment

प्रतिक्रिया दिन चाहने पाठकहरुलाई जरुरी सूचना...
- यहांहरुले प्रतिक्रिया लेख्दा कृपया सभ्य भाषाको प्रयोग गर्नुहोला।
- असभ्य र आपत्तिजनक शव्दहरु प्रयोग गरिएको प्रतिक्रियालाई स्थान दिइने छैन।