Sunday, February 22, 2009

एस।एल स्मृती पुरस्कार दहाललाई

नेपाल पत्रकार महासंघ झापा शाखाले वार्षिक रुपमा प्रदान गर्दै आएको एस।एल शर्मा सृजनसील पत्रकारी पुरस्कार चिन्तामणी दाहाललाई प्रदान गरिएको छ । झापाली पत्रकारीकताको इतिहासमा महत्वपूर्ण योगदान पुर् र्याउनु भएका स्वर्गीय पत्रकार एल। एल शर्माको स्कृतीमा स्थापना गपिरएको उत्त पुरस्कारको झापाका अग्रज पत्रकार दाहाललाई प्रदान गरिएको हो । ११ हजार १ रुपैया नगद रासी रहेको उत्त पुरस्कारको यो वर्ष पाचौ पुरस्कार हो । यो वर्ष भन्दा अगाडी झापाकै पत्रकार लीला उदासी कृष्ण धरावासी गोविनचन क्षेत्री र चन्द्र भन्डारीले प्राीत गरिसक्नु भएको छ । माहासंघ झापा शाखाका सभापत्ति महोन काजीको सभापतित्व र महासंघ पूर्वााचल संयोजक किसोर कार्कीको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा पुस्कृत दाहालको व्यतित्वको बारेमा झापाका अग्रज पत्रकार तथा महासंघ झापा शाखाका पूवं सभापत्ति राम सापकोटाले चर्चा गर्नु भएको थियो भने पूर्व पुरस्कृत चन्द्र भण्डारी प्रेस चौतारीका केन्द्रय सदस्य तिर्थ सिग्देल प्रेस युनियन झापा अध्यक्ष गोविन क्षेत्री जामुनखाडी बन उपभोत्ता समितिका अध्यक्ष पर्शु राम गीरी लगायतले बोल्नु भएको थियो ।महासंघ झापाका सचिव गणेश पोख्रेलको साचालनमा सम्पन्न कार्यक्रममा सहसचिव राजेन्द्र गौतमको स्वागत मन्तव्य रहेको थियो । झापको एक मात्र पर्यटकीय एवं सिमसार क्षेत्र सुरुङ्गा- २ र ३ मा अवस्थित जामुनखाडी सिमसार क्षेत्रमा आयोजना गरिएको उत्त स्मृती पुरस्कार बितरण कार्यक्रममा महासंघले भनभोज कार्यक्रमको समेत आयोजना गरेको थियो । त्यसै गरी महासंघ झापको वार्षिक साधारण सभा आगामी चैत १ गते झापाकै गौरीगाजमा सम्पन्न गर्ने भएको छ । कार्यक्रम पछी बसेको महासंघको बैठकले रमेश पोख्रेलको संयोजगत्वमा ५ सदसीय व्यबस्थापन समिती समेत निमार्ण गरेको छ । समितिका सदस्यहरुमा बिष्णु सुब्बा गोपाल गड्तौला गाज दाहाल चेतन अधिकारी रहनु भएको छ ।

No comments:

Post a Comment

प्रतिक्रिया दिन चाहने पाठकहरुलाई जरुरी सूचना...
- यहांहरुले प्रतिक्रिया लेख्दा कृपया सभ्य भाषाको प्रयोग गर्नुहोला।
- असभ्य र आपत्तिजनक शव्दहरु प्रयोग गरिएको प्रतिक्रियालाई स्थान दिइने छैन।