Monday, February 2, 2009

चुनाव समानुपातिक नभए अपाच्य

किरात राई बिद्यार्थी संघका केन्द्रीय सचिव दिपेनवाला राईले आगामि स्ववियू निर्वाचन समानुपातिक प्रणलिबाट नगरिए त्यो आफ्नो संगठनलाई पाच्य नहुने बताउनु भएको छ । किरावि संघ दमक बहुमुखी क्याम्पसको प्रथम इकाई सम्ोलनको उदघाटन समारोहमा बोल्दै नेता राईले आज भन्दा अगाडीका चुनाव स्ववियुको चुनाव नभएर नेविसंघ अखिल चुनाव जस्तो भएको र ति चुनावहरुमा आदीवासी जनजाती तथा उत्पिडितहरुलाई उपेक्षा गरिएको आरोप लागाउनु भयो । अहिले राज्यका सबै अंगहरुमा समानुपातिक प्रतिनित्वको सवाल उठिरहेको हुदा स्ववियूमा पनि सोही अनुसार प्रतिनिधित्व हुन नसके आफ्नो स।गठन त्यको विरुद्धम जुनसुकै कदम चाल्न तयार रहेको उदघोस गर्नु भएको छ । एक अर्को प्रसंगमा वहाले आफ्नो समुदायलाई जहिले पनि चुनावमा भोट बैकको रुपमा अन्य राजैतिक संगठनहरुले प्रयोग गर्ने गरेकोले यो चुनावलाई यस प्रकारको प्रवृतिको क्रम भंग गर्ने चुनावको रुपमा आफ्नो संगठनले लिएको वहाँको भनाए थियो । संगठनका क्याम्पस इकाई समितिका अधयक्ष नरेस राईको सभादक्षतामा सम्पन्न कार्यक्रममा अखिल क्रान्तिकारीका नवराज सुवेदी अखिलका दिपेश दाहाल स्ववियु सभापत्ति आइन्द्र केरुङ लिम्बू बिद्यार्थी माचका लोकसागर साम्बा आदीपासी जनजाती बिद्यार्थीका बिन्दु राई लगायतले बोल्नु भएको थियो ।

No comments:

Post a Comment

प्रतिक्रिया दिन चाहने पाठकहरुलाई जरुरी सूचना...
- यहांहरुले प्रतिक्रिया लेख्दा कृपया सभ्य भाषाको प्रयोग गर्नुहोला।
- असभ्य र आपत्तिजनक शव्दहरु प्रयोग गरिएको प्रतिक्रियालाई स्थान दिइने छैन।