Monday, February 2, 2009

इप्रका दमकमा थापा

इलाका प्रहरीका कार्यलय दमकमा कार्यालय प्रमुखको जिम्मेवारी समाल्न प्रहरी निरिक्षक कमल थापा आउनु भएको छ । प्रहरी निरिक्षक गोविन्द राज कफ्ले सरुवा भई इलामको मंगलबारे गए पछि थापा कार्यालय प्रमुखको रुपमा बिराटनगरबाट आउनु भएको हो । वहाले मंगलबार स्थापनय साचारकर्मीहरु संग भेटघाट कार्यक्रममको आयोजना गरि परिर्वतित सन्दर्भमा साचार क्षेत्र संग समन्वय गरि जनतालाई शान्ति सुरक्षा र अमन चयनको अनुभुति दिलाउन लागि पर्ने बताउनु भयो । त्यस अवसरमा स्थानिय साचार कर्मीहरुले यस अघि कार्यालयका गतिविधिहरु सहज ढंगबाट उपलब्ध हुन नसकेको गुनासो गर्दै थापाको कार्यकालदेखिनै सो प्रबेतीको क्रम भंग हुने अपेक्षा राखेको बताए । कार्यक्रममा पत्रकार महासंघका केन्द्रय पास्रद द्धये गन्जबहादुर दाहाल र गोपाल गड्तौला पत्रकार माच दमकका सचिव दिपेन वाला राई सामाजिक न्यायको लागि साचार समुहका माहासचिव गोपाल झापाली लगायतले सुचनाको लागि साचारकर्मी र प्रहरीबिचको सहकार्य अपरिहार्य रहेको कुरामा जोड दिनु भएको थियो ।

No comments:

Post a Comment

प्रतिक्रिया दिन चाहने पाठकहरुलाई जरुरी सूचना...
- यहांहरुले प्रतिक्रिया लेख्दा कृपया सभ्य भाषाको प्रयोग गर्नुहोला।
- असभ्य र आपत्तिजनक शव्दहरु प्रयोग गरिएको प्रतिक्रियालाई स्थान दिइने छैन।