ितिम रुदा म िन रुन्छु रुन्छु नभन
मुटु पोल्छ विन्ती टाढा हुन्छु नभन ।
फरक छैन तिम्रो मेरो यात्रा एउटै
एक्लै गई जुन तारा छुन्छु नभन ।
फुल टिपी मिल्काएर रमायौ कि तिमी
काँडै काँडा टिपी माला उन्छु नभन ।
छाती भित्र दुखिरन्छ पिरतीको व्यथा
यस्तै व्यथा थप्दै पीडा सुन्छु नभन ।
हिड्दै जाँदा दोवाटोमा ठेस लाग्यो भने
ढुङ्गे बार लगाई माया थुन्छु नभन ।
मायामितु न्यौपाने
दमक झापा
mitu006@gmail.com
No comments:
Post a Comment
प्रतिक्रिया दिन चाहने पाठकहरुलाई जरुरी सूचना...
- यहांहरुले प्रतिक्रिया लेख्दा कृपया सभ्य भाषाको प्रयोग गर्नुहोला।
- असभ्य र आपत्तिजनक शव्दहरु प्रयोग गरिएको प्रतिक्रियालाई स्थान दिइने छैन।