Saturday, February 7, 2009

एमालेको द्धेद चरित्रले सरकारलाई अप्ठारो

एकिकृत नेकपा माओवादीका बरिष्ठ नेता मोहन बैध्य किरणले सत्ता साझेदार दल एमालेको अवसरवादी द्धेध चरित्रका कारण सरकार साचालनमा केही अप्ठारो परिरहेको बताउनु भएको छ ।शान्ति प्रकृयालाई परिणाम मुखी बनाउन सबै दलहरुको सहमति हुनु पर्नेमा कांग्रेसले प्रतिपक्षमा बस्नु र एमालेले सत्तामा भाग लिएर पनि निहित स्वर्थमा लागेर सरकारलाई असहयोग गर्नु बिडम्बना भएको वहाँको भनाई रहेको थियो । नेता बैध्य पार्टीको कोचिला राज्य समिति स्तरिय कार्यकर्ता प्रशिक्षणका लागि शुक्रबार झापाको दमक आए पछि साचारकर्मीहरु संग कुरा गर्दे हुनुहुन्थ्यो वहाँले प्रतिपक्षको हैसिउतबाट कांग्रेसले सरकारलाई असहयोग गर्नु स्वभाविक भए पनि एमाले भित्रको अर्को गुटले पनि उसैलाई सघाउदै भ्रम पूर्ण प्रचार छाडेर हिडिरहेको समेत आरोप लगाउनु भयो । एमाले भित्र कुन त्यस्तो गुट छ भनि साचारकर्मीले गरेको जिज्ञासामा केप ीओलाी तर्फ इङ्गित गर्दै वहाँले भन्नु भयो त्यो गुटको प्रमु्खकै नगरमा छु म अहिले तपाइहरु सधै हुनुहुन्छ चिनिहाल्नु हुन्छनि । एक अर्को प्रसंगमा वहाँले भारतले भुटानी नागरिकलाई घर फर्कन नदिएर भुटान कब्जा गर्ने कोसिसमा लागेको पनि दावी गर्नु भएको छ । भुटानी शरणार्थीले स-सम्मान स्वदेश फर्कन पाउनु उनिहरुको मानव अधिकार भएको भन्दै वहाँले अमेरीकी साम्राज्यवादले मानव अधिकारको विश्वव्यापि मुल्य मान्यता बिपरित भुटानी शरणर्थीलाई जवरजस्त आफ्नो मुलुकमा ओसारेर उनिहरुको आत्मा सम्मानमा चोट पुर् याएको जिकिर गर्नु भयो । नेपालले चाहेर मात्रै शरणार्थीलाई घर फर्काउन नसक्ने देखिएकोले मुख्य तगारोको रुपमा रहेको भारतलाई सो प्रकृयामा घुडा टेकाउन अन्तराष्ट्रिय दवापको खाचो औल्याउनु भयो ।

No comments:

Post a Comment

प्रतिक्रिया दिन चाहने पाठकहरुलाई जरुरी सूचना...
- यहांहरुले प्रतिक्रिया लेख्दा कृपया सभ्य भाषाको प्रयोग गर्नुहोला।
- असभ्य र आपत्तिजनक शव्दहरु प्रयोग गरिएको प्रतिक्रियालाई स्थान दिइने छैन।