Wednesday, April 15, 2009

जनता जुटे सडक निमार्णमा

सधै आफ्नो व्यक्तितक काममा मात्र व्यस्त देखिने दमक-१३ नम्बर वडा आइतबारे टोलका वासीहरु २ महिना यता सबै काम छाडेर सडक मर्मत कार्यमा लागेको छन । दमक नगरपालीकाले सुरु गरेको साझेदारी कार्यक्रम मार्फत स्थानियवासी र नगरपालीको ५० प्रतिसत रकम लगानी पछी सुरु गरिएको बिकास निमार्ण कार्यमा प्रभावित हुदै उनिहरुले पनि लागत रकमको ५० प्रतिसत रकम संकलन गरेर आफ्नो बाटो आफै बनाउ भन्दै उनिहरु गएको फागुन महिना देखि करिव १६ सय फिट लामो दुरीको सडक ढल निमार्ण कार्यमा लागेका हुन ।
उत्त ढल निमार्णको लागी दमक नगरपालीकाले ३ लाख रुपैया उपलब्ध गराउनका साथै उत्त सडक खण्डमा नै एक स्कुल र उत्त बडाको कार्यालय रहेकॊ कारण थप ३२ हजार ८ सय रकम उपलब्ध गराएको थियो । यसरी उपलबध रकम बाहेक साफेदारी कार्यक्रम अनुरुप सहमती भए अनुसार उपभोत्ताहरुबाट पनि रु ३ लाख संकलन गरि कुल ६ लाख ३२ हजार ८ सय रुपैयाको लगानीमा उत्त ढल निमार्या कार्य सुरु गरिएको आइतबारे टोल ढल निमार्ण समितिका संयोजक सन्त राईले जानकारी दिनु भएको छ । राईका अनुसरा निकास भएको रकमले नपुग्ने भए पछी उत्त बाटोबाट प्रतक्ष लाभाम्भित हुने ६६ घर परिवारका एक÷एक सदस्य दुई महिना यता श्रमदानमा लागेका छन । तर भने रकम थोर भएको र बाटोको लम्बाईभने लामो भएको कारण यसरी श्रमदान गर्दा पनि अफै नपुग्ने भएको कारण पुन नगरपालीका संग थप १ लाख रुपैया सहयोग लागी आग्रह गरिएको राईको भनाई रहेको छ । त्यसरिनै नगरपालीका र स्थानिय उपभोत्ताहरुको संयुत्त प्रयासमा सोही वडाको विभिन्न टोलहरुमा सडक ग्राभेल ढल निमार्ण सडक निमार्ण लगायतका कार्यहरु भइरहेको दमक नगरपालीकाका कार्यकारी अधिकृत पशुपतिराज खतिवडाले जानकारी दिनु भएको छ । वहाँका अनुसार उत्त वडाकै सृजना टोल सडक ग्राभेल निमार्ण समितिले केही दिन अगाडी मात्र ३ लाख रुपैयाको लगानीमा ७ सय ९० मिटरा लामो सडक ग्राभेल गरिसकेको छ ।
तर भने उत्त साझेदारीमा नगरपालीको ४० प्रतिसत मात्र लगानी रहेको सृजना टोल सडक ग्राभेल निमार्ण समितिका संयोजक होम पाठकले बताउनुभएको छ । सोही वडामै अवस्थित ३ सय मिटर लामो दुरी भएको मनाकामना मार्ग र २ सय मिटर लामो दुरी भएको पशुपति मार्गहरुमा पनि धमाधन निमार्ण कार्य भइरहेको अधिकृत खतिवडाको भनाई रहेको छ । सोही कार्यक्रम मार्फत दमक १२ को लक्ष्मी टोलमा नगरपालीको तर्फबाट ५ लाख र उपभोत्ताबाट ५ लाख संकलन गरि कुल १० लाखको बजेटमा ७ सय ५० फिट लामो दुरीको बाटो ग्राभेल गर्ने कार्य ७० प्रतिसत पुरा भएको निमार्ण समितिका सदस्य खडानन्द दहालले जानकारी दिनु भएको छ । स्थानियवासी र नगरपालीका विच भएको साफेदारी कार्यक्रा निकै प्र्रभावकारी भएकले दमक क्षेत्रमा यसरी साझेदारीका कार्यक्रम मार्फ थुप्र्रै साना सडकहरु निमार्ण भएरहेको र उत्त कार्य सन्तोसजनक रहेको अधिकृत खतिवडा बताउनु हुन्छ ।

No comments:

Post a Comment

प्रतिक्रिया दिन चाहने पाठकहरुलाई जरुरी सूचना...
- यहांहरुले प्रतिक्रिया लेख्दा कृपया सभ्य भाषाको प्रयोग गर्नुहोला।
- असभ्य र आपत्तिजनक शव्दहरु प्रयोग गरिएको प्रतिक्रियालाई स्थान दिइने छैन।