Wednesday, April 15, 2009

ओझेलमा गौरीगाज

दिपेन बाला राई
झापा जिल्लाकै पुरानो बजार गौरीगाजबासीहरु लाई त्यस क्षेत्रलाई राज्यले ओझेलमा पारेको गुनासो छ ।झापाको पश्चिम दक्षिणी बजार गौरीगाजमा गत चेत्र १० गते सम्पन्न पत्रकार महासंघ झापा शाखाको बार्षिक साधरणसभामाको खुल्ला सभामा उनीहरुले सो पिडा खुलेरै पोखेका थिए । सो सभामा बोल्दै गौरीगाज मावीका प्रधानध्यापक उदयलाल यादवले कुनै बेला पुर्वााचलकै व्यापारीक नाकाको रुपामा परीचत गौरीगाजको बिकासको लागी केन्द्र त्यसै बेखबर बन्यो जिल्ला पनी कानमा तेल हालेर बसेको तितो सत्य सुनाए । उनी भन्दै थिए ुराज्यको विभेदकारी नितीको घानमा गौरीगाजका जनताहरु पनी परे ।ु झापा जिल्लाको भारत सग जोड्ने नाका म्ाध्ये एक सो बजार सरकारले याहाको भौतिक बिकास त परै जाओस शिक्षा स्वास्थ्ा जस्तो आधारभुत आवश्यकताको क्षेत्रको विकासमा पनी मौन बसेको उनीहरुको भनाई छ । गौरीगाज क्षेत्रलाई लामो समय देखी आफ्नो कार्य क्षेत्र बनाएर काम गरीरहेका तराई मधेस लोकतन्त्रीक पार्टीका केन्द्रिय सदस्य बिजय अग्रवाल गौरीगाज्ा बजार भन्दा धेरै पछाडी खुलेका झापाको बिर्तामोड दमक लगायतका बजारहरु शहरमा परीणत भैसकेको तर गौरीगाजको स्थीती २ दशक अघिको भन्दा केही फरक आउन नसकोको बताउछन् । याहाँको स्थानिय बजार गौरीगाज खजु्रगाछीका सडकहरु जिर्ण भएका छन् यि दुई बजार जोड्ने काठको पुल भाच्चिएको बर्षौ भैसक्यौ अझैै बन्न सकेको छैन उक्त पुल चुनावमा नेताहरुको भोट माग्ने गतीलो मुद्धा बनेको छ देशकै पुरानो बाटो हुलाकी मार्ग हराउने अवस्थामा छन् संरक्षण र उचित मर्मत संभारको अभावमा मानिसहरुले अतिक्रमण गरी खेती बनाएका छन् नेपालकै पुरानो पुस्ताकालायको अवस्था दयनिय छ छोटी भन्सारलाई व्याबस्थीत गर्न नसक्दा भन्सार चुस्त हुन सकेको छैन भारत तर्फ बाटहुने सिमा अतीक्रण पिडाको झनै चर्को छ । केही महीना अघि नेपाली भुमीमा बनाउन लागेको मन्दीर नवानउन भारतीय सीमा सुरक्ष बल एसएसबी ले धम्की दियो मन्दीर निर्माण रोकियाे सो कुराको समाचार साचार माध्यामहरुमा छायो तर नेपाल सरकार भने अझै बेखवार छ । यी मुख्य समस्या लगायत याहाँका बासीन्दाहरुको पिडाको चाङ निक्कै धेरै छ ।दुख सगै उनीहरुको उत्साहा पनी कम छैन् । प्रध्यानापक यादव भन्दै थिए ूहामी अब कसैको मुख ताकेर बस्ने पक्षमा छैनौ याहा जे जती भएको छ त्यो अरुको कृपाले होईन हाम्रो आप्ाु्नै मेहनतले हो ू। गौरीगाजको विकासको लागी सबैलाई जुट्न उनको आग्रह थियो ।

No comments:

Post a Comment

प्रतिक्रिया दिन चाहने पाठकहरुलाई जरुरी सूचना...
- यहांहरुले प्रतिक्रिया लेख्दा कृपया सभ्य भाषाको प्रयोग गर्नुहोला।
- असभ्य र आपत्तिजनक शव्दहरु प्रयोग गरिएको प्रतिक्रियालाई स्थान दिइने छैन।