Friday, April 10, 2009

छतबाट खसेर एकको मृत्यु

निर्माणाधिन घरको छतबाट खसेर शुक्रबार झापाको दमकमा एक मजदुरको ज्यान गएको छ । दमक- ७ स्थित फुलमाया राईको घर नाउने क्रममा बिहिबार छत बाट खसेर घाइते भएको सोलुखुम्बुका ५५ वर्षिय जगराज राईको उपचारको क्रममा मृत्यु भएको हो । त्यसै गरि गौराद-५ मा एक शिसुको बिहिबार राति रहस्यम मृत्यु भएको छ । स्थानिय देवु गिरीको अढाई महिनाको शिसु मृत ओछ्नमै मृत अवस्थामा फेला परेको बताइएको छ । प्रहरीले मृतक शिसुको शरिरमा निलडाम भेटीको र पोष्टमार्टमको लागी मोरङको मंगलबारे पठाइएको जनाएको छ ।

No comments:

Post a Comment

प्रतिक्रिया दिन चाहने पाठकहरुलाई जरुरी सूचना...
- यहांहरुले प्रतिक्रिया लेख्दा कृपया सभ्य भाषाको प्रयोग गर्नुहोला।
- असभ्य र आपत्तिजनक शव्दहरु प्रयोग गरिएको प्रतिक्रियालाई स्थान दिइने छैन।