Sunday, May 10, 2009

एस वाई सी उपाधी दमकको पोल्टामा

झापाको लखनपुरमा संम्पन्न एसवाईसी च्यालेन्ज कप भलिवल प्रतियोगिताको उपाधि दमक भलिवल संघले हात पारेको छ । शनिवार भएको फाईनल खेलमा माओवादी जनमुक्ती सेनाको इलाम चुलाचुली स्थित प्रथम डिभिजन मुख्यालयको पिएलए स्पोर्टिङ क्लवलाई पराजित गरी दमकले उपाधिमाथि कब्जा जमाएको हो ।दमकले २५-२० २५-१८ र २५-१२ को सोझो सेटमा पिएलएलाई पराजित गरेको थियो । विजयी टिमले नगद विसहजार रुपैयाँ र ट्रफी प्राप्त गरको छ भने उपविजेता टिमले नगद दश हजार रुपैयाँ र ट्रफी हात पारेको छ ।शनिवारको फाईनल खेलमा म्यान अफ दि म्याच उपविजेता टिमका राजु श्रेष्ठ म्यान अफ दि सिरिज विजेता टिमका सरोज श्रेष्ठ बेष्ट लिफ्टर र बेष्ट सटरपनि विजेता टिमकै क्रमश दिलीप श्रेष्ठ र सुनिल श्रेष्ठ भएका थिए ।े अनुशासित टिमको उपाधि इलामको महेन्द्ररत्न बहुमुखी क्याम्पसले प्राप्त गरेको थियो । विजेता र उपविजेता टिमलाई कार्यक्रमका प्रमुख अतिथी तथा किराँत राई यायोख्खाका झापा अध्यक्ष सन्तकुमार बान्तवा र सशस्त्र प्रहरी बल पाथिभरा गणका गणपति एसपी गणेशठडा मागरले पुरस्कार प्रदान गरेका थिए । प्रतियोगिताकॊ छैठौं संस्करणमा झापा मोरङ सुनसरी र इलामका १० वटा भलिवल क्लवले भाग लिएका थिए । प्रतियोगिता समापन कार्यक्रममा बोल्दै प्रमुख अतिथी बान्तवाले राज्यले खेलकुदको विकासका लागि चासो दिनुपर्नेमा जोड दिए । कार्यक्रम क्लवका अध्यक्ष हुकुमंिसं राईको अध्यक्षतामा संम्पन्न भएको थियो ।

No comments:

Post a Comment

प्रतिक्रिया दिन चाहने पाठकहरुलाई जरुरी सूचना...
- यहांहरुले प्रतिक्रिया लेख्दा कृपया सभ्य भाषाको प्रयोग गर्नुहोला।
- असभ्य र आपत्तिजनक शव्दहरु प्रयोग गरिएको प्रतिक्रियालाई स्थान दिइने छैन।