राष्ट्रपति रामवरण यादवले गरेको असंवेधानिक कु गरेको भन्दै चरणवद्ध आन्दोलनमा उत्रिएका एकीकृत नेकपा माओवादीले झापामा मोटरसाईकल र्याली सम्पन्न गरेको छ । माओवादी झापाको आयोजना झापाको काकडभिटा बाट सुरु गरिएको उत्त र्याली भद्रपुर चन्द्रगडी बिर्तामोड हुदै दमकमा आएर कोण सभामा परिणत भएको थियो । कोण सभामा बोल्दै माओवादीका झापा जिल्ला इाचार्ज सन्देशले राष्ट्रपतिले नेपालको राष्ट्रपति भनएर नेपाली कंग्रेसको रभष्ट्रपतिको जस्तो भूमिका निर्वाह गरिरहेकोले यसको विरुद्धमा आफ्नो आर्टी सडक सरकार र सदनबाट लडिरहने बताउनु भएको छ । साथै संविधान सभाको निर्वाचन मार्फत सरकार चलाउन जनआदेश पाएको आफ्नो पार्टीको नेतृत्वमा बनेको सरकारलाई ढालेर सरकार बनाउनका लागी नेपाली कंग्रेस र एमाले लागीरहेकोले त्यो बेठीक हुने समेत वहाँको भनाइ रहको थियो । कार्यक्रममा बोल्दै योङ कम्यूनिष्ट लिग नेपाल झापाका अध्यक्ष डिल्ली घिमिरे हिक्मतले जनताको सवोचत्तालाई कुल्चेर राष्ट्रपतिले अवकास प्राप्त नेपाली सेनाको प्रधान सेनापति रुकमाङगत कटुवाललाई आफ्नो ठाउँ नछोड्न निर्देशन दिएर असंवैधानिक कु गर्न खोजेको कारण सरष्ट्रपतिलाई अगाडीकै ठाउँमा भैसी गोठालो गर्न पठाउन आफहरु तयारी रहेको र राष्ट्रपतिको पनि त्यही बिचार रहेकोले त्यो गयारीमा आफुहरु तागी परेको बताउनु भएको छ । साथै सरका गठन गर्नको लागी लागी परेका एमालेका नेता माधवकुमार नेपालको नेपाली जनताले संविधानसभाको निर्वाचनमा दुई वटै खुट्टा र केपी ओलीको एक वटा खुट्टा भाचिसकोले कुनै पनि हालतमा अव भने सरकार गठन गर्न नदिने समेत वहाको दावी रहेको थियो ।बिहान ११ वजे सुरु गरिएको र्यालीमा माओवादी झापाका ३ सय भन्दा बढीको सहभागी रहेको थियो ।
Tuesday, May 12, 2009
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment
प्रतिक्रिया दिन चाहने पाठकहरुलाई जरुरी सूचना...
- यहांहरुले प्रतिक्रिया लेख्दा कृपया सभ्य भाषाको प्रयोग गर्नुहोला।
- असभ्य र आपत्तिजनक शव्दहरु प्रयोग गरिएको प्रतिक्रियालाई स्थान दिइने छैन।