Saturday, June 13, 2009

कठपुतलि सरकारको तुक नरहेको आरोप


-एमाले सभासद दिपक कार्कीलाई कारवाहीको माग
एकीकृत नेकपा माओवादीका केन्द्रीय सदस्य प्रल्हाद बुडाथोहीले विदेशी इसारामा चल्ने कठपुतली सरकारले फेरी नेपाली जनतालाई झुक्याउन खोजेको बताउनु भएको छ । प्ार्टी झापा क्षेत्र नं। ६ ले झापाको गौरादमा आयोजना गरेको जनसभामा प्रमुख अतिथिको आसनमा बोल्दै वहाँले भारत र अमेरीकाको इसारामा सरकार बनाउन तम्सीएका एमाले र कंग्रेस लगायत गठनबनदन दलहरुले नागरिक सर्वोचतालाई कुल्चेर शान्ति स्थापनाको नाममा सैनिक साशन लागु गरि जनतालाई झुक्याईरहेको आरोप लगाउनु भएको छ । नेपाली जनताको भावना विपरित सरकार निमार्णमा लागेको नेकपा एमालेको कुनै राजनैतिक तुक नरहेकोले एमाले गठबन्दन सरकारले पूर्णता पाउन नसक्ने समेत बताउनु भएको छ । कार्यक्रमका अर्का वक्ता पार्टीका केन्द्रीय सदस्य तथा कोचिला राज्य समतिका सेक्रेटरी गौरी संकर खड्का राजेन्द्रले एमालेको नेर्तत्वमा बनेको सरकार शान्ति सुरक्षा कायम गर्ने वहाना गर्दै सुरक्षा कर्मीहरुको सहयोगमा अन्य राजनैतिक दलका कार्यकर्ता माथि आक्रमण गरिरहेको आरोप लागउनु भएको छ । नेपाली जनताको पसिनाबाट पालिएका प्रहरीहरुले नेपाली जनताहरुमा गरिरहेको दमनमा परेका सर्वसाधारणहरु त्यस प्रकारको आक्रमणको प्रतिकारको लागि तयारी अवस्थामा रहेको बताउनु भएको छ । कार्यक्रममा पार्टीका झापा जिल्ला इाचार्ज सन्देशले केही दिन अगाडी आफ्नो भाद्री संगठन आदीवासी जातीय क्षेत्रीय गणतान्त्रिक महासंघको गरेको एक दिने झापा बनदको समयमा एमालेले नेतृत्वमा आफ्नो क्रर्यकर्ता माथि भएको आक्रमणको घोर निन्दा गर्ने दोसीहरुले तत्काल सार्वजानिक रुपमा माफी नमागे त्यसको प्रतिकारमा तत्काल उत्रन आफ्नो पार्टी तयारी अवस्थामा रहेको समेत जानकारी गराउनु भएको छ । साथै झापा क्षेत्र नं। ३ का विजयी सभासद तथा आदीवासी जातीय क्षेत्रिय गणतान्त्रिक महासंघ का कोचिला राज्य समिति संयोजक पूर्णसिह राजवंशीले कोचिला प्रदेश नागरिक सवोचताको माग गर्दे आफ्नो संगठनले १ दिने शान्तिपूर्ण बनदको कार्यक्रम घोषणा गरेको समयमा समयमा एमाले सभासद दिपक कार्कीको नेतृत्वमा आएको अराजनैतिक समुह र नेपाल सरकारको सुरक्षा दस्ताहरुले आक्रमण गरेर सम्पूर्ण आदीवासी जनजातीको हित विरित कार्य गरेको भन्दै सभासद दिपक कार्की युथफोस्र कार्यकर्ता दुर्गा गौतम अत्री चापागाई लयागतलाई तत्काल कारवाही गर्न प्रंशासन संग आफुले माग रिरहेको बताउनु भएको छ । प्रसाशनले कारवाही नगरे नेपाली जनताले जनकारवाही अगाडी बढाउने समेत चेतावनी दिनु भएको छ । त्यसै गरि अर्का वक्ता योङ कम्यूनिष्ट लिग नेपाल कोचिला राज्य संयोजक अगनीले आफ्नो संगठन नेपाली जनताको मुक्तिको खातिर आवाज उठाईराखेको समयमा वाईसिएको टाउकाको मोल तोक्ने एमालेका भाटहरुले आफ्नो संगठनका कार्यक्रर्ताहरुलाई आक्रमण गर्ने कुनै पनि प्रकारको नैतिक आधार नरहेको बताउनु भएको छ । उत्त कुरा बताउदै घटनामा संलग्न दोसीहरुले तत्काल आत्मा सर्मपर्ण नगरे उनिहरु ज्स्तै घर-घर छापा मारेर प्रतिकार गर्न आफुहरु बाधय हुने समेत बताउनु भएको छ । क्षेत्रका इाचार्ज भूमिकाको सभाध्यक्षतामा सम्पन्न कार्यक्रममा अन्य दर्जन भन्दा बढी वक्ताहरुले घटना एमालेले सुनियनेजित तरिकाले घटाएको जानाएका थिए ।

No comments:

Post a Comment

प्रतिक्रिया दिन चाहने पाठकहरुलाई जरुरी सूचना...
- यहांहरुले प्रतिक्रिया लेख्दा कृपया सभ्य भाषाको प्रयोग गर्नुहोला।
- असभ्य र आपत्तिजनक शव्दहरु प्रयोग गरिएको प्रतिक्रियालाई स्थान दिइने छैन।