नयाँ शैक्षिक सत्रको त्रैमासिक परिक्षा सुरु हुन केही दिन मात्र बाकी रहदा सम्म पनि पाठ्पुस्तक उपलब्ध नहुदा झापाका हजारौ विद्यार्थीहरु पाठ्य पुस्तकको रुप सम्म थाहा नपाई परिक्षा दिन बाध्य भएका छन । स्कुलहरुले शैक्षिक सत्र सुरु भए लगात पुस्तक पसलहरुमा नगद जम्मा गरे पनि आज सम्म कक्षा ६ ७ ८ ९ र १० का पुस्तकहरु पर्यापत मात्रामा उपब्ध नभएको दमकमा अवस्थित हिमालय उच्च माध्यामिक बिद्यलयका शिक्षकरुले जनाएका छन । यसरी पुस्तक समयमै उपलब्ध नहुदा केही उपलब्ध पुस्तकको आधारमा कक्षाका दर्जनौ बिद्यार्थीहरुलाई पढाउदा विविन्न प्रकारको समस्या उत्पन्न हुने भएको शिक्षणमा समेत समस्या उत्पन्न भइरहने शिक्षकहरुको भनाइ रहेको छ । यसरी समयमानै पुस्तक उपलब्ध नहुदा दमक आसपासरमा रहेका दर्जन भन्दा बढी माध्यामिक तथा निम्न माध्यामिक बिद्यालयहरुमा आउदो असार नौ गतेबाट सुरु हुन लागेको प्रथम त्रैमाशिक परिक्षा समेत साचालन गर्न कठिन भएको बिद्यालयहरुले जनाएको छ । हाल दमक क्षेत्रमा रहेका उत्त सरकारी बिद्यालयहरुमा मात्रै पाँचहजारको हारहारिमा बिद्यार्थीहरु पठनपाठन गरिरहेको समाचार स्रोतले जानकारी दिएको छ । परिक्षा नजिकिदै जादा पनि बजारमा आवश्यक पुस्तकहरु पर्याप्त मात्रामा नपादाँ आफ्नो परिक्षा समेत बिग्रने होकी भनेर आफु चिन्तिर रहेको सरस्वती मा।वि। मा कक्षा आठमा अध्यानतर बिद्यार्थी निशा राई आफ्नो समस्या सुनाउनु हुन्छ । उनि भन्छिन स्कुलमा सरले बोकेर ल्याएको एउटा पुस्तकको भरमा परिक्षा लेन्खु तयारी गरिरहेको छु ।नेपाल सरकारले यो वर्ष पुस्कत प्रकाशनको गर्नको लागी केही सार्वजानिक प्रकाशनहरुलाई समेत मान्यता दिए पछी ती प्रकाशनहरुले निज स्कुलहरुको समेत पुस्तुक छपाउने हनाले निजि बिद्यालयहरुको मात्रै अगाडी प्रकाशन गरेको कारण सरकारी स्कुलहरुका पाठ्यपुस्तक छपाईमा ढिलाई गरेको झापा दमकमा अवस्थित सरस्वती उच्च माध्यामिक बिद्यालयका प्रधानाध्यापक दिलिपकुमार श्रेष्ठले आरोप लागाउनु भएको छ । वहाँका अनुसरा उत्त प्रकाशनहरुले निजि बिद्यालयहरुको पुस्तक प्रकाशन गर्दा अत्याधिक नाफा हुने भएको कारण उनिहरुको सरकारी बिद्यालयका पुस्तकहरु प्रकाशन गर्न ढिला गरेका हुन । यसरी समयमै पाठ्य पुस्तक उपलब्ध नहुदा बिना कारण बिद्यार्थीहरु परिक्षामा उनुतिर्ण हुने गरेका शिक्षहरुको भनाई रहेको छ ।
Friday, June 19, 2009
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment
प्रतिक्रिया दिन चाहने पाठकहरुलाई जरुरी सूचना...
- यहांहरुले प्रतिक्रिया लेख्दा कृपया सभ्य भाषाको प्रयोग गर्नुहोला।
- असभ्य र आपत्तिजनक शव्दहरु प्रयोग गरिएको प्रतिक्रियालाई स्थान दिइने छैन।