Thursday, June 4, 2009

विस्थापित शिक्षकाद्धारा कार्यक्षेत्र फर्काइदिन आग्रह

विद्यालयका प्रध्यानध्यापक माथि खुटपीट गरेको आरोपमा अज्ञात समुहले ज्यानमार्न धम्की दिए प्रस्चात कार्यक्रक्षेत्र छाड्न बाध्य भएका दुई शिक्षले पुन कार्यक्षेत्र फर्कने बातावरण मिलाउन सम्न्धीत निकायहरुसंग अग्रहर गरेको छ । पाचथर लिम्बा गाउँ बिकास समतिमा अवस्थित सार्वजानिक माध्यामिक विद्यालयका प्रध्यानाध्यापक डाइन्द्र कुमार माखिलाई कुटपी गरेको आरोप लगाउदै ज्यानमार्ने धम्की दिएको कारण एक महिना यता कार्यक्षेत्रबाट विस्थापित भएर बस्नु परेको बताउदै तत्काल कार्यक्षेत्रमा फर्कने वातावरण मिलाइदिनको भन्दै उत्त माविमा कार्यरत शिक्षक द्धोय खगेन्द्र माखिम र मान बहादुर माखिमले बिहिबार झापाको दमकमा पत्रकार सम्मेलन गरि आग्रहर गेरेका हुन । पत्रकार सम्मेलनमा आफुहरुले कुनै पनि प्रकारको गल्ती नगरेको भए पनि केही महिना अगाडी भएको समान्य विवादको विषयलाई लिएर आफुहरुलाई प्र।अ।ले नै अज्ञात समुह प्रयोग गरेर ज्यान मार्ने धम्की दिएको बताउनु भएको छ । आफुहरु विस्थापित भए प्रस्चात जिल्ला शिक्षा कार्यालय पाचथरमा जाहेरी दिदा केही आश्वासन दिएर आफुहरुलाई पठाए पनि हाल सम्म कुनै पनि प्रत्याभुति नदिलाएको वहाँहरुको गुनासो हरेको छ । विस्थापित भएको एक महिना सम्ममा पनि कार्यक्षेत्र फर्कनको लागी कसैले पहल नगरिदिएको कारण आफुहरु विस्थापित अवस्थामानै रहदा बिद्यालयको पठनपाठनमा समस्या उत्पन्न हुने भएको कारण फर्कने वातावरण र ज्यानको सुरक्षा मिलाईदिनको लागी मानवअधिकार कर्मी प्रहरी प्रसासन बुद्धीजीवी पत्रकार लगायतमा विभिन्न संघ सस्थाहरुमा अपिल गर्न आफुहरु बाध्य भएको विस्थापि शिक्षक खगेन्द्र माखिमले बताउनु भएको छ ।

No comments:

Post a Comment

प्रतिक्रिया दिन चाहने पाठकहरुलाई जरुरी सूचना...
- यहांहरुले प्रतिक्रिया लेख्दा कृपया सभ्य भाषाको प्रयोग गर्नुहोला।
- असभ्य र आपत्तिजनक शव्दहरु प्रयोग गरिएको प्रतिक्रियालाई स्थान दिइने छैन।