एक महिना यता झापाको दमक-१ स्थित सेरवहादुर लिम्बूको जग्गा ऐलेनि रहेको भन्दै सुकुम्बासी बस्ती वसाउन आन्दोलन गरिरहेको एक संगठनले आन्दोलनबाट औपचारिक रुपमा हात धोएको छ । करिव ६ विगहा १० कटा जग्गा ऐलेनि रहेको दावी गर्दै झापा मोरङ सुनसरी र इलामका दुई सय घर परिवारलाई वसोवास गराउनको लागी आन्दोलन गरिरहेको नेपाल बसोवास वस्ती संरक्षण समितिले बिहिबार झापाको दमकमा पत्रकार सम्मेलन गरि आफुहरुले हात नहाल्नु पर्ने कार्यमा हात हालेको भन्दै अव भने यो मुद्धाको लागी पछाडी हट्ने निर्णय गरेको हो । आन्दोलन गरिरहदा आफ्नो संगठनलाई विभिन्न प्रकारका आरोप प्रत्योरोपहरु लगाइनुको साथै सुकुम्बासीको नाममा विभिन्न ठाउँहरुबा हुमुम्बासीहरुको समेत त्यस हुलमा प्रवेश गरेकोले छानविनकार्य आवश्यक रहेतापनि आफ्नो संगठनलाई त्यो अधिकार नरहेको कारण आफुहरु आन्दोलनबाट बाहिरिएको जानकारी गराउनु भएको थियो । पत्रकार सम्मेलनमा बोल्दै समाजका केन्द्रीय अध्यक्ष मान प्रसाद लिम्बूले आफ्नो संगठनले आन्दोलन गरिरहेता पनि आवको दिनमा त्यो जमिनमा अरु कसैलाई नदिएर सरकारी गग्गाको रुपमा प्रयोग गर्ने वातावरण मिलाउनको लागी दमका सबै राजनैतिक दलहरु संग छलफल गर्ने तयारीमा लागी पर्ने बताउनु भएको छ । अध्यक्ष लिम्बूले खाली जग्गामा सुकुम्बासीलाई बसाउने प्रयास गर्दा जमिन भएकाहरु पनि जमिन छैन भन्दै गग्गा हडपन आउने गरेको कारण आफ्नो संगठन यस्तो निर्णग गर्न बाध्य भएको बताउनु भएको छ । वहाँले आफ्नो एक महिने आन्दोलनको क्रममा सेरबहादुरले लखेट्न प्रयोग गरेको गुण्डाको आक्रमणमा परि घाइते भइएको आफ्ना कार्यकर्ता लोक बहादुर लिम्बू र लाल बहादुर राईलाई सरकारले उपचार र उचित क्ष्यतिपूर्ती उपलब्ध गराई दिनु पर्ने लगायतका माग गर्ने भएको छ । उत्त जमिनमा वस्ती बसाउनको लागी समाजले आन्दोलन सुरु गरे प्रस्चात सो ठाउँमा बनाइएका २ सय भन्दा बढी टहरा प्रहरीले ३ पल्ट भन्दा बढी भत्काएर सुकुम्बासीलाई लखेटिएको समेत सम्मेलनमा जनाइएको छ । सुकुम्बासीहरुलाई सो गग्गामा बसाउने आसवासन दिलाइए आन्दोलन गराउदै आएका संगठनले गरेको आन्दोलन नगर्ने निर्याय गर्दा फेरी सुकुम्बासीहरुमाथि सडयन्त्र गरिएको अव्यावस्थीत बसोबास तथा सुकुम्बासी समस्या समाधान समतिका अध्यक्ष गगन पुरीले बताउनु भएको छ । समाजका पूर्वााचल संयोजक नन्द बहादुर लिम्बूको सभादक्षतामा सम्पन्न कार्यक्रमको साचालन समाजका सचिव कुमार कार्कीले गर्नु भएको थियो ।
Thursday, June 4, 2009
Subscribe to:
Post Comments (Atom)

No comments:
Post a Comment
प्रतिक्रिया दिन चाहने पाठकहरुलाई जरुरी सूचना...
- यहांहरुले प्रतिक्रिया लेख्दा कृपया सभ्य भाषाको प्रयोग गर्नुहोला।
- असभ्य र आपत्तिजनक शव्दहरु प्रयोग गरिएको प्रतिक्रियालाई स्थान दिइने छैन।