Wednesday, June 17, 2009

भन्सार स्थापना नहुदा स्थानियवासी मारमा

जनयुद्धको समयमा विस्थापित भएको माहाभारा-४ मा अवस्थित महामारा छोटी भन्सार अझै पनि पुन स्थापित नहुदा स्थानिय वासिहरु मारमा परेका छन । झापाको तल्लो भेगमा अवस्थित उत्त भन्सार पुन साचालनमा नआउदा स्थानियबासी दैनिक उपभोग्य सामानहरु खरिद गर्न महंगो मूल्य तिर्नु परेको स्थानिवासीहरुको बुनासो रहेको छ । भारत संग सिमा जोडिएको उत्त गाविसका वासीहरुले उपभोग्य सामान खरिद गर्नको लागी विर्तामोड दमक लगायतका बजारहरुमा आउनु पर्ने बाध्यता बनेको । प्रयोग विहिन अवस्थामा रहेको माहाभारामा रहेको महाभारा छोटी भन्सार कार्यालय ।
भन्सार कार्यालय साचालन हुदाँ भारत बाटै सहज रुपमा खरिद गरि भन्सार तिर्दा पनि कम मुल्य र सहज रुपमा सामान ल्याउने सुविधा पाएका स्थानियबासीहरु ठूलो रकम तिरेर खरिद गर्न बाध्य भएको छन । स्थानियवासीहरुले तेल चामल तरकारी कृषी वालिहरुको लागि नयाँ प्रकारका विऊ कृषी मल लगायत सामानहरु खरिद गर्न असहज हुदा हुदै पनि भारतबाटै ल्याउदा प्रहरीहरले बाराम्बार दुख दिने गरेको स्थानिय वासिहरुको गुनासो रहेको छ। स्थानियवासिले दुख पाए पछी कार्यालय स्थापनाको लागि बाराम्बार सम्बन्धित निकाय संग कुरा गर्दा पनि स्थापना हुन नसकेको स्थानि वासी कृष्ण पौडेलले जानकारी दिनु भएको छ ।

No comments:

Post a Comment

प्रतिक्रिया दिन चाहने पाठकहरुलाई जरुरी सूचना...
- यहांहरुले प्रतिक्रिया लेख्दा कृपया सभ्य भाषाको प्रयोग गर्नुहोला।
- असभ्य र आपत्तिजनक शव्दहरु प्रयोग गरिएको प्रतिक्रियालाई स्थान दिइने छैन।