Wednesday, June 17, 2009

मजद्धुहरु आफ्नो दौ साईकललाई दिदै

कुनै अन्य दिनहरुमा यातयातका साधनहरु बान्द हुदाँ आफ्नो छक्का दौ परेझै मानेर निकै राम्रो कमाई गर्ने दमकका रिक्सा चालकहरु आज भने दिनभर आफै रिक्सा बन्द गर्नमा व्यस्त देखिएका थिए । बिहान र बेलुकाको छाक टार्नको लागी विहानै घरबाट रिक्सा लिएर निस्कने ती मजद्धुरहरु दिनको खाना खान सम्म भ्याई नभ्याई काममा व्यास्त रहन्थे अरु दिनहरुमा । तर आज अर्थात मंगलबार दमकका सबै रिक्सा चालकहरुले आफ्नो एक दिनको कमाई माया मारेका थिए । तस्वीरमा देखिए झै निक्कै रमाइलो लाग्दो तवरले आफ्नो रिक्साहरुलाई लहरै थन्काएर आन्दोलन गर्नु कारण के होला भन्ने सबैको मनमा उब्जीएको खुलदुली थियो । आन्दोलनरत मजद्धुरहरुलाई सबैले सोधे किन यस्तो गर्नु भएको सबैले सहजै उत्तर बताए हाकिमहरुले किस्ता बढायो अनि घटाउन आन्दोलन गर्न थालेका हौ । यी मजदुरहरुले वर्षेनीरुपमा आन्दोलन गरिरहेका छन । गएको साल मात्र रिक्सा व्यावसायी संघ दमकले किस्ता बढाए पछी अखिल नेपाल रिक्सा मजद्धुर संघको अगुवाईमा आफुहरुले आन्दोलन गरेर आगामि ५ वर्षको लागि दैनिक किस्तादर ३५ रुपैया कायम गरिएको रिक्सा चालक कुमार माखिमको भनाई रहेको छ । माखिम आफ्नो दुखेसो पोख्दै भन्छन् के गर्नु दमकमा बाटोहरु बन्दै छन् यात्रुहरुलाई ओसार पसार गर्नु सारै गह्रो छ । रिक्सा भाडादर भने ५ वर्ष देखि बढेको छैन रिक्सा मालिकहरुले किस्ता बढाएको बढाएकै छन् परिवार पाल्नै गाह्रो भईसक्यो । आफ्नो त जागिर वा खेतीपाति भनेनी यो रिक्सानै हो गाडी चलिरहेको कारण त्यती धेरै यात्रुहरु पनि रिक्सा चड्दैन कहिलेकही त ३५ रुपैया मात्र किस्ता हुदा पनि तिर्न सकिरहेको छैनौ ।यस्तो पिडा कुमारको मात्र होइन आफ्नो सात जनाको परिवार चलाउनको लागि रिक्सा चलाईरहेका धनेन्द्र लिम्बूको पनि उस्तै पिडा छ । लिम्बू आफुले चलाएको रिक्साको आम्दानीले ३ छोरीहरुलाई स्कुल पढानु पर्ने र अन्य समस्यालाई सोही कमाई मार्फत धान्नु पर्ने बाध्यता उनि वहाकै काधमा अडिएकॊ छ । अरु सानै छन तिनिहरुलाई राम्रो खाना खुवानै पर्छ लुगा दिनै पर्छ यी सबै खर्च मेरै कमाईको भरमा मात्रै हो । मरेर दिनमा बल्ल तल्ला २÷३ यस कमाई हुन्छ त्यो पनि कहिले कही मात्र त्यतिले के टाल्नु एका पटी टाल्दा अर्को पाटोमा फेरी प्वाल परेको हुन्छ । त्यसमाथि पनि हाकिमहरुले किस्ता बढाएकोले गर्दा झनै मारमा परिने होला भन्ने डर छ भनेर लिम्बू दुलेसो पोख्ने गर्छन् । दुख मान्दै पनि साथिहरुले आन्दोलन गरेर किस्ता यथावत राख्नु पर्छ भनेको कारण आफु पनि थियो कतै हुन्छकी भनेर दिनको ममाई माया मारेर आन्दोलन गर्दे छु लिम्बू बताउछन । सडमा मजद्धुरी गरिरहेका मजदुरहरुको पनि आफ्नै प्रकारको समस्या छ । भने एकातिर व्याबसाय साचालन गरिरहेको रिक्सा व्याबसायीहरुको पनि आफ्नै पिडाहरु रहेको छ । वहाँहरु यसरि आफ्नो समस्या सुनाउनुहुन्छ दमकमा लामो समयदेखि रिक्सा व्याबसाय साचालन गर्दै आएका एक व्यापारि…॥ के गर्नु र किस्ता दर बढाउने बिचार त थिएन तर सबै सामानहरुको मूल्य बढेको कारण हामि पनि किस्ता बढाउन बाध्य भएका हो । रिक्सा चालहरुले चलाईको रिक्सा दैनिकरुपा रिप्यरिङ गर्नु पर्छ त्यो खर्च कहाँ बाट पुरताल गर्नु र उपाय किस्ता बढाउनु नै हो । दमकमा मात्रै बिगत केही वर्ष यता रिक्सा ब्यावसायीहरुको संख्या निकै फैलिएको पाईन्छ । प्रत्येक रिक्सा ग्यारेजहरु ५ सय भन्दा बढी रिक्साहरु रहेको साचालन गरिरहेका छन भने व्यात्तिगत रिक्साहरु पनि २ सयको हारहारिमा रहेको पनइन्छ । हाल दमकमा १५ सय भन्दा बढी रिक्सा साचालनमा रहेका पाईन्छ । व्यावसायीहरुले किस्ता बढाएको कारण देखाउदै किस्ता यथावत नबनाए सम्म आफ्नो आन्दोलन जारी राख्ने भन्दै आन्दोलन गरिहेको मजद्धुरहरुले मंगलबार भने रिक्सा व्याबसायी संघ दमक लगायत विभिन्न संघ सस्थाहरुमा ज्ञापन पत्र बुझाएका छन । यसरी आफ्नो समस्या देखाउदै व्यावसायीहरुले किस्ता बढाए पछि मजद्धुरहरु त मारमा पर्ने नै भए तर रिक्सा मजद्धुहरुले दिनभरि रिक्सा चल्नै नदिदा कयौ सर्वासाधारणहरु हिडेरै आफ्नो दैनिक कामकाग गर्न बाध्य भएको पाइन्छ । उनिहरुले आफ्नो माग जुनै पनि हालतमा पुरा गरेरै छाड्ने बताउर्दै आए पनि माग पुरा होला या नहोला तर भने समस्या समाधानको रुपमा रिक्सानै नचलाउने कार्यले भने झनै मजदुरहरुलाई नै समस्यामा पर्ने विश्लेसकहरुको विश्लेषण पाईन्छ ।

No comments:

Post a Comment

प्रतिक्रिया दिन चाहने पाठकहरुलाई जरुरी सूचना...
- यहांहरुले प्रतिक्रिया लेख्दा कृपया सभ्य भाषाको प्रयोग गर्नुहोला।
- असभ्य र आपत्तिजनक शव्दहरु प्रयोग गरिएको प्रतिक्रियालाई स्थान दिइने छैन।