परापूर्व कालदेखि मानिदै आएका चाडपर्व मध्ये दशैं र तिहार पछिको तेस्रो ठूलो पर्वको रुपमा मनाइन्छ तिजलाई । कुनै वर्ष भदौ त कुनै वर्ष असोज महिनामा पर्ने यस पर्वलाई हरितालिका तिज पनि भन्ने गरिन्छ । वर्षायामको लगभग-लगभग समाप्तिपछि बर्खाभरी खेतीपातिको काममा तल्लीन महिलाहरु २÷४ दिन भएपनि आफ्नो जन्मघरमा गएर रमाइलो गरी मनाउने गर्छन् यस पर्वलाई । जासरी तिहारमा दिदीबिहनीले आफ्ना माइती दाजुभाइलाई सप्तरंगी टीका र माला लगाउनका लागि आफ्नो घरमा आमन्त्रण गर्छन् । त्यसको ठीक विपरित तीजमा भने माइतीले चेलीबेटी दिदीबहिनी लाई पराइघरबाट माइतीघरमा ल्याउने अनि राम्रा-राम्रा र मीठा-मीठा खानेकुरा खुवाउने पर्वको रुपमा लिइन्छ यो तिजलाई ।जनैपूर्णिमा पछि आउने औंसीको दिन जुन दिनलाई धार्मिक परम्परानुसार कुशे औंशी भनिन्छ । यसै दिनबाट प्रत्येक हिन्दु नेपालीको घरमा तिजको रमझम सुरु हुन्छ । त्यस दिनलाई ुबुवाको मुख हेर्ने दिनु को रुपमा मनाइन्छ । यस दिनमा घरबाट टाढा-टाढा रहेका छोरी अनि विवाहपछि कर्म घरमा पठाइएका चेलीबेटीहरु आफ्ना बाबाका लागि उहाँलाई मन पर्ने मिष्ठान्न परिकार लिएर आउने गर्छन्-आफ्नो माइतीघरमा । कुशे औंसीको पसर्िपल्ट द्वितीयाको दिन मीठा-मीठा खानेकुराहरु पकाउने अनि आधा रातमा उठेर खाने गरिन्छ ।
यस दिन पकाएको खाने कुरालाई ुदरु भनिन्छ । दर खाएको भोलिपल्ट सबै नारीहरु बिहान सबेरै उठेर नुहाईधुवाई गर्ने अनि पुजाआज गरी व्रत बस्ने गर्दछन् । यो दिन भरि विवाहित नारीहरु आफ्ना पतिको सु-स्वास्थ्य एवम् दीघार्युको कामना गर्दै पानी पनि नपिई व्रत बस्छन् । धार्मिक मान्यता अनुसार सबैभन्दा कष्टपूर्ण ब्रतको रुपमा लिइन्छ यस दिनको व्रतलाई । जब सूर्यको प्रकाश ढल्कदै जान्छ तब ब्राम्हण गुरु पुरोहितद्वारा गाउँघरका धेरै महिलाहरु एकै ठाउँमा भेला भएर मन्दिरमा नभए घरमै पूजा लगाइन्छ । अनि घाम अस्ताइसकेपछि पानी दूध फलफूल आदि फलाहारको रुपमा खाने गर्दछन् व्रतालु नारीहरु ।व्रत सुरु हुनु ३÷४ दिन अघिदेखि नै महिलाहरु तिजका गीत गुनगुनाउने गर्छन् अनि व्रतका दिनभरि रातभरि सामुहिक रुपमा तिजका गीत गाउँदै नाच्दै एकआपसमा रमाइलो गर्ने गर्छन् ।पानी पनि नपिइ लिइने यो व्रतको समाप्ती सँगसँगै पाचमीको दिन पुन अर्को व्रत सुरु हुन्छ । जुन व्रतलाई ऋषिपाचमीको व्रत भनिन्छ । परम्परागत धार्मिक मान्यता अनुसार रजश्वला सुरु भइसकेका सम्पूर्ण नारीहरुले यो व्रत अनिवार्य रुपमा लिइनु पर्ने भनिएको छ । यस दिन सम्पूर्ण नारीहरु बिहान सबेरै उठेर पुजाआजाका सामग्रीसहित गुरु पुरोहितका साथमा धेरै महिलाहरु भेला भएर नजिकैको नदी तलाउ पोखरी आिदमा स्नान गरी पुजा लगाउने गर्दछन् । यस दिन स्नान गर्दा ३६० टुक्रा दत्तीवनको प्रयोग गरी दाँत माझ्ने शरीरको विभिन्न अंगहरुमा हात्तीको पाइलाको माटो तुलसीको फेदको माटो अमलाको फेदको माटो भैंसीको गोबर बंदेलको दाह्राले खनेको माटो इत्यादि सामग्रीहरुले ३६० पटक नै स्पर्श गरी नुहाउने अनि पुजा लगाउने कार्य गरिन्छ । नदीबाट पूजा सकेर फर्किएपछि फलाहारको रुपमा फलफूल दूध चिया आदि खाने गरिन्छ । अनि रातभरी पनि खाना नखाई नाचगान गर्दै तिजका विभिन्न गीतहरु गाउँदै नाँच्दै तिजको रमाइलो झलक प्रस्तुत गर्दै त्यस दिनको रातलाई उज्यालो बनाइन्छ । यस दिनदेखि एक वर्षका लागि तिज पर्वलाई बिदा गरिन्छ ।नारीहरुको महान् पर्व तिज सुरु हुनु साता दिन अगावै गाउँघरदेखि शहर बजारसम्म तिजको रोचक र रमाइला झलकहरु देखिन थालेका छन् । यस पर्वले महिलाहरुलाई सामुहिक जम्काभेट गराउनुका साथै एक आपसमा ठट्टा रमाइलो र केही क्षणको लागि भए पनि पारिवारिक दुःख र झन्झटबाट मुक्ति दिलाएको पाइन्छ । चेलीबेटी र माइती बीचको सम्बन्धलाई यस पर्वले अझ गाढा र घनिष्टता बढाएको छ भन्नुमा पनि अत्युक्ति नहोला । दमक बहुमुखी क्याम्पस दमक झापा
Friday, August 21, 2009
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment
प्रतिक्रिया दिन चाहने पाठकहरुलाई जरुरी सूचना...
- यहांहरुले प्रतिक्रिया लेख्दा कृपया सभ्य भाषाको प्रयोग गर्नुहोला।
- असभ्य र आपत्तिजनक शव्दहरु प्रयोग गरिएको प्रतिक्रियालाई स्थान दिइने छैन।