Monday, August 17, 2009

गायीका बिष्णु चेम्जोङ


वि.सं. २०४१ मा धनकुटामा जन्मिएकी विष्णु चेम्जोङ पाँच हजार सहभागीलाई उछिनेर लक्स नेपाल स्टार भएकी छिन्। धरानमा बसोबास गर्दै आएकी विष्णुले सात वर्षदेखि लगातार संगीत सिक्दै आएकी छिन्। विष्णुलाई आफूले यति ठूलो सफलता पाउन सक्छु भन्ने लागेको थिएन। "
भारतीय च्यानल सोनी इन्टरटेन्मेन्टले 'इन्डियन आइडल' बाट चर्चा बटुलेपछि नेपाली च्यानलहरूमा पनि त्यसको असर पर्‍यो । सरकारी च्यानल नेपाल टेलिभिजनमा त्यही प्रकृतिको 'नेपाली तारा' को समापनपछि भारतबाट सञ्चालन भैरहेको नेपाल वान टेलिभिजनमा पनि पहिलो 'नेपाल स्टार' को घोषणा भएको छ । माघ १९ को शाही घोषणापश्चात् केही समय बन्द भएपछि नेपाल वानमा प्रसारण भैरहेको उक्त प्रतिस्पर्धात्मक गायन कार्यक्रमले प्रारम्भमा जति चर्चा बटुलेको थियो च्यानलको प्रसारण पुनः आरम्भ भएपछि त्यति चर्चा प्ााउन सकेन । यद्यपि उक्त कार्यक्रमलाई च्यानलले आफ्नो पूर्वघोषित तालिकाअनुसार नै सञ्चालन गरिरहेको थियो ।
जे-जस्तो भए पनि कार्यक्रमको पहिलो चरणमा छनौट भएका ५७ जना प्रतिस्पर्धीबाट उत्कृष्ट ५०, १५ तथा सर्वोत्कृष्ट १० मा पुगेर अन्ततः सबैलाई उछिन्दै धरानकी विष्णु चेमजोङले पहिलो 'नेपाल स्टार'को उपाधि जितेकी छिन् । धनकुटा मूल घर भए पनि विगत सात वर्षदेखि धरानमा बस्दै आएकी नेपाल स्टार विष्णुका बाबु अवकाशप्राप्त बेलायती सैनिक हुन् । एक जना दाइ र छ जना दिदीबहिनीमध्ये कान्छी २० बर्षिया विष्णुले उक्त उपाधिसँगै नेपाल वानबाट रु. ५ लाख बराबर नगद तथा बहुमूल्य सरसामान जित्नुका साथै संगीत उत्पादक म्युजिक डटकमबाट एउटा एकल एल्बमको म्झौतामा पनि आफ्नो अधिकार जमाएकी छिन् । यसका साथै उनले भारतका चर्चित चलचित्र निर्देशक महेश ट्टको एउटा हिन्दी चलचित्रमा पनि गीत गाउन पाउने भएकी छिन् । निर्देशक नारायण पुरी तथा गीतकार सुरेश अधिकारीले पनि उनलाई आफ्ना चलचित्रहरूमा गीत गाउन दिने भएका छन् । यसअघि 'नेपाली तारा'को उपाधि जितेर धरानकै दीपक लिम्बूले जति चर्चा पाए त्यति 'नेपाल स्टार' ले पाउन नसकेको कुरा विष्णु स्वयं . पनि स्वीकार गर्छिन् । उनले त्यस्तो हुनुमा प्राविधिक कारण भएको बताउँदै भनिन्-'नेपाल टेलिभिजन हेर्न केबुल लाइन नचाहिने भएकाले गाउँघरमा पनि सबैले 'नेपाली तारा'लाई चिने । नेपाल वान हेर्न भने केबुल लाइन नै चाहिने भएकाले गाउँघरका जनताले यसका बारेमा त्यति थाहा पाएनन् ।' प्रतिस्पर्धाका लागि अघिल्ला सम्पूर्ण चरणमा निर्णायक मण्डलमा रहेका गायक निमा रुम्बा, गायक तथा संगीतकार जेम्स प्रधान र गायिका सुकमित गुरुङले उत्कृष्ट गायन प्रतिभाको छनौट गरे पनि अन्तिम उत्कृष्ट १० मा पुगेकाहरूलाई भने दर्शक मतका आधारमा 'भोट आउट' गर्दै लगिएको थियो ,

गायीका चेम्जोङ संगको कुराकानी

नेपाल स्टारमा आफ्नो नाम घोषण हुँदा कस्तो लाग्यो ?
म नै हुँ भन्ने विश्वास नै लागेन ।
सबै पुरस्कार पाइसक्नुभयो त ?
छैन, फूल र टोकन मात्र पाएकी छु ।
कस्तो गीत गाउन मन पराउनुहुन्छ ?
आधुनिक गीत गाउन मन पराउँछु, तर सबै प्रकारका गीत गाउँछु ।
अहिले के सिक्दै हुनुहुन्छ ?
सुर-ताल सिक्दैछु ।
कुन बेलादेखि गार्‍हो लाग्न थाल्यो ?
टपटेनमा परेदेखि नै ।
नेपाल स्टार हुन्छु जस्तो लागेको थियो ?
थिएन, मेरो नाम घोषणा हुँदा त म एकछिन लाटीजस्तै भएकी थिएँ ।
अबको योजना के छ ?
संगीतलाई निरन्तरता दिनेछु ।
यसैलाई क्यारियर बनाउँछु जस्तो लागेको थियो ?
थिएन, जे गर्न सक्छु त्यही गर्दै जानेछु भन्ने लागेको थियो, तर अब भने संगीतलाई नै क्यारियर बनाउँछु ।
परिवारबाट कस्तो सहयोग पाइराख्नुभएको छ ?
सक्दो सहयोग पाएकी छु ।
हालसम्म कतिवटा गीत रेकर्ड गरिसक्नुभएको छ ?
दसवटा
जीवनमा सबैभन्दा खुसी कहिले हुनुभएको थियो ?
नेपाल स्टारमा आफ्नो नाम घोषणा हुँदा ।
कसैसँग प्रेम बसेको छ ?
प्रेमको कुरा गोप्य राख्दा नै राम्रो होला । यसैमा सबैको भलाइ हुन्छ ।
जीवन के हो ?
जन्म र मृत्युबीचको ग्याप ।

साभार लिम्बूवान डट ब्लगस्पोट डटकम

1 comment:

  1. कृपया अन्यथा नठान्नुहोला.. भनेपछी बहुरास्त्रिय पूँजीवादीहरुले बाहुन छेत्री लाई आफ्नो प्रभाव मा त पारेकै थिए.. अब जनजातीहरुमा पनि तिनको पकड बलियो हुने भो हैन.. गड ब्लेस नेपाल

    ReplyDelete

प्रतिक्रिया दिन चाहने पाठकहरुलाई जरुरी सूचना...
- यहांहरुले प्रतिक्रिया लेख्दा कृपया सभ्य भाषाको प्रयोग गर्नुहोला।
- असभ्य र आपत्तिजनक शव्दहरु प्रयोग गरिएको प्रतिक्रियालाई स्थान दिइने छैन।