Tuesday, August 18, 2009

कलिफोर्नियामा नेपाली महिलाहरुको राम्रो कमाइ

सुदिप पन्त
lossangeles अमेरिका । अमेरिका को कलिफोर्निया राज्य मा बसोबास गर्ने नेपाली महिला हरु प्राय धेरै ले सलून अर्थात beauty parlor मा थ्रेअडिङ् को काम गर्ने गरेका छन । कपाल काट्न र अन्य beauty सम्बन्धी काम गर्न बिशेष कोर्स गर्नु पर्छ भने थ्रेअडिङ् आँखा को रौ निकाल्नको लागि अनुमती पत्र अर्थात बिशेष course गर्नु पर्दैन ,कती ले नेपाल बाट नै सिकेर आयेका छन भने धेरै ले यही आएर सिकेका छन्।दमक को देवी मिश्र ले यही काम बाट महिना को ४००० हजार डलर कमाउछिन . 3००० डलर को हाराहारी मा यो काम बाट पैसा कमाउने नेपाली हरु थुप्रै छन । झापा दमक कि सुस्मिता सिटौला ,शारादा श्रेष्ठ ,उर्लबारी कि कमला प्रसाइ , दमक कि जमुना खड्का,मिरा न्यौपाने , सबै को कमाइ उनिहरु ले सोचे भन्दा राम्रो छ ।

महिला हरु को लागि अती नै सूरशित् यो पेशा बाट राम्रो पैसा आर्जन गरेर parlor नै खोल्ने नेपाली हरु पनि धेरै भैसके । दमक को शन्तिराम ढकाल ले दुई वटा parlor खोली सके भने झापा सनिस्चरे का बासुदेव् घिमिरे ले 4 वटा parlor खोलेर धेरै नेपाली महिला हरु लाई काम दिएका छन छोटो समय मा राम्रो पैसा कमायेर घर समेत् किन्न उनी सफल भएका छन . बिशेष गरी लोग्ने मान्छे को भन्दा आईमाई को कमाइ राम्रो हुने गरेको छ . दमक कि जमुना खड्का र काठमाडौं कि सरस्वती घिमिरेले आफु यो पेशा बाट सन्तुस्ट भएको बताये।यो पेसा मा लामो समय देखी लागेकी लता घीमिरे ले धेरै नेपाली महिला हरु लाई निशुल्क तालिम दिएर यो पेसा मा संलग्न गराएकी छिन् .

No comments:

Post a Comment

प्रतिक्रिया दिन चाहने पाठकहरुलाई जरुरी सूचना...
- यहांहरुले प्रतिक्रिया लेख्दा कृपया सभ्य भाषाको प्रयोग गर्नुहोला।
- असभ्य र आपत्तिजनक शव्दहरु प्रयोग गरिएको प्रतिक्रियालाई स्थान दिइने छैन।