बिष्णु पौड्ल
कमल वनीयानी खोलाले कटान तिव्र पारेपछि झापाको पाँचगाछि चार स्थित वुलु चौकमा रहेाको पक्की पुल खतरामा परेको छ । आज अपरन्ह्र देखी सो पुलमा आवागमन वन्द भएको स्थानिय यादव ओलीले वताउनु भएको छ । यसका कारण आज विहान त्यस क्षेत्रका कुाजीवारी र वैगुनधुरावाट राजमार्ग निस्कीएका आधा दर्जन यात्रुवाहक वस विचवाटैमा रोकीएका छन् । यसरी यातायात रोकीएपछि माहाभारा पाँचगाछी वैगुनधुरा कोरोवारी र सिमावर्ती भारतको किसनगाज जिल्लाका विभिन्न गाउका यात्रुहरु पैदल हिडेर गन्त्व्य तर्फ जान वाध्य छन् । यसै गरि दमक १६ को भुतुरे खोलामा गत वर्ष निर्माण गरिएको कजवे सो खोलामा आएको वाडीले भत्काउदा त्यस क्षेत्रका दुइसय पचास घरपरिवारको आवतजावत वन्द भएको कुरा स्थानिय माधव ढकालले वताउनु भएको छ ।
No comments:
Post a Comment
प्रतिक्रिया दिन चाहने पाठकहरुलाई जरुरी सूचना...
- यहांहरुले प्रतिक्रिया लेख्दा कृपया सभ्य भाषाको प्रयोग गर्नुहोला।
- असभ्य र आपत्तिजनक शव्दहरु प्रयोग गरिएको प्रतिक्रियालाई स्थान दिइने छैन।