झापामा बिभिन्नि नदीमा आएको बाढीको कारण बिस्थापित भएकाको महामारी फैलन नदिन जिल्ला प्रशासन कार्यालयले स्वास्थ्यकर्मी सहितको ७ टोली परिचालन गरेको छ ।झ्ापाका सहायक प्रमुख जिल्ला अधिकारी लेखनाथ पोखरेलले दक्षिणी झापाका ७ क्षेत्रमा ती टोली परिचालन गरेको जानकारी दिनुभयो । उहाँका अनुसार आज डागीँबारी घैलाडुब्बा कुमरखोद लगातका गाबिसमा स्वास्थ्य परिक्षण सँगै राहत बितरण गरिरहेको छ । जिल्ला जनस्वास्थ्य कार्यालय झापाका निमित्त प्रमुख महेन्द्र सिहले कुनै पनि क्षेत्रमा महामारी फैलन नदिन जनस्वास्थ्यले उच्च सतर्कता अपनाएको बताउनुभयो ।उहाँका अनुसार स्वास्थ्य टोली झण्डै २सय बिस्थापितहरुको स्वास्थ्य परिक्षण गरिसकेको छ । उनीहरुमा रुघा खोकी र समान्य ज्वरो मात्रै देखा परेको छ । यसैगरी बाढी पिडितको राहतका लागी नेपाली काग्रेश झापा क्षेत्र नम्बर ७ ले टोली परिचालन गर्ने भएको छ । आज दमकमा सम्पन्न क्षेत्रिय भेलाले राहत र पुनस्थापनाका लागी सरकार समक्ष माग गरेको छ । काग्रेशले बिस्थापितहरुको लागी उचित क्षतिपुर्तिको समेत माग सम्बन्धीत मन्त्रालयमा पठाउने समेत निर्णय गरेको छ ।३ दिन अघि बिभिन्न नदीमा आएको। बाढीले झापाका एक हजार आठ सय ८२ घर पुर्ण रुपमा क्षति भएका छन भने ५० करोड भन्दा बढीइको भौतिक सरचनाको क्षति भएको प्रशासनले प्रारम्भीक अनुमान गरेको छ ।
Saturday, August 22, 2009
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment
प्रतिक्रिया दिन चाहने पाठकहरुलाई जरुरी सूचना...
- यहांहरुले प्रतिक्रिया लेख्दा कृपया सभ्य भाषाको प्रयोग गर्नुहोला।
- असभ्य र आपत्तिजनक शव्दहरु प्रयोग गरिएको प्रतिक्रियालाई स्थान दिइने छैन।