Wednesday, August 26, 2009

नियम विपरित वन फडानी

बिष्णु पौडेल
इलामको बाझो स्थित त्रिबेणी सामुदायीक वनका पदाधीकारीहरुले अबैधानिक तवरबाट वन फडानी गरि काठको बिकि्र गर्ने गरेको प्रति उपभोक्ताहरुले गम्भिर आपति जनाएका छन । उनिहरुले गएको चैत देखिनै कार्यावदी सकएिको उपभोत्ता समितिले मनोमानी ढंगबाट रुख काट्ने र बिकि्र बितरण गर्ने गरेको आरापे लगाएका छन । अवैध तवरले काँचो साँखु चिरानी गरी रोयल्टी भन्दा बढी परिमाणको काठ बिक्री गर्न लागेकोले बिना छानबिन बिक्री वितरण गर्न रोक लगाउन लागेको लेखा समितिका संयोजक गजेन्द्र राईले बताउनु भयो ।उपभोक्ता समुहको विभिन्न ६ ठाउँ बढी ठाउँमा लुकाइराखेको हजारौ क्युवीक फिट काठ बिना छानबिन बिक्री गर्न नदिन लेखा समितिले जिल्ला बन कार्यालय जिल्ला प्रशासन कार्यालय र जिल्ला विकास समिति इलाममा जानकारी गराइसकेको संयोजक राईले जानकारी दिनु भएको छ । उपभोक्ता समितिका अध्यक्ष हालका वन समुहका अध्यक्ष दिल कुमार कोयु राई उपाध्यक्ष मनप्रसाद राई सचिव राज कुमार राई र बधनिसंह राईको मिलेमतोमा अवैध तवरले काठ चिरानी गरी बिक्री गर्न लागेको भन्दै सो परिमाणको काठ सम्बन्धित निकायबाट छानबिन गरिदिन माग गरिएको बताइएको छ ।

No comments:

Post a Comment

प्रतिक्रिया दिन चाहने पाठकहरुलाई जरुरी सूचना...
- यहांहरुले प्रतिक्रिया लेख्दा कृपया सभ्य भाषाको प्रयोग गर्नुहोला।
- असभ्य र आपत्तिजनक शव्दहरु प्रयोग गरिएको प्रतिक्रियालाई स्थान दिइने छैन।