इलामस्थित नामसालिङ्ग सामुदायिक विकास केन्द्रले इलामका सात गाविसका विद्यालयका एकसय ६७ जना विद्यार्थीहरुलाई माकातोमाकी छात्रवृत्ति प्रदान गरेको छ । नामसालिङ्ग सोयाङ्ग जोगमाई गोर्खे र जमुनाका मावि निमावि र प्राविका गरी ६१ ब्टा विद्यालयका एकसय ६० जना र इलाम क्याम्पसका सात जना छात्रालाई उक्त छात्रवृत्ति प्रदान गरिएको एनसीडिसी इलामले जनाएको छ । क्याम्पसस्तका विद्यार्थीहरुलाई प्रति विद्यार्थी तीन हजार माविस्तरका विद्यार्थीहरुलाई एक हजार निमावि स्तरकालाई सात सय र प्राविस्तरका विद्यार्थीहरुलाई चार सय रुपिँया नगद सहित स्टेशनरी व्याग छाता वित्तरण गरेको छ । छात्राहरुलाई लीक्षत गरी प्रत्येक बर्ष यो छात्रावृत्ति प्रदान गदै आएको संस्थाका याम अधिकारीले बताए । माकालोमाकी छात्रवृत्ति सन् १९९६ देखि शुरु गरिएको हो । उक्त छात्रावृत्ति हालसम्ममा एकहजार छ सय ५४ जना जेहेन्दार गरिव विपन्न विद्यार्थीहरुलाई प्रदान गरिएको छ ।
Monday, August 31, 2009
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment
प्रतिक्रिया दिन चाहने पाठकहरुलाई जरुरी सूचना...
- यहांहरुले प्रतिक्रिया लेख्दा कृपया सभ्य भाषाको प्रयोग गर्नुहोला।
- असभ्य र आपत्तिजनक शव्दहरु प्रयोग गरिएको प्रतिक्रियालाई स्थान दिइने छैन।