Saturday, August 15, 2009

थुनिएको पानि खोलियो

झापाको दमक नगरपालिका भुटानी शरणर्थी शिविर लगायत आधा दर्जन गाविसलाई खतरा हुने गरि सिन्दुवा खोलामा जमेको पानि प्राविधिक टोलीले सनिबार खोलेको छ । अपरान्न काठमाण्डौ बाट आएको जल उत्पन्न प्रकोप नियन्त्रण कार्यालय बाट आएको टोलीले पानि खोलेको हो । टोलीमा हिरा नन्द झा भु-गर्भ विद बसिष्ट राज अधिकारी कमलदेव सुवेदी लगायत रहनु भएको थियो । हेलिकप्टर बाट आएको सो टोली संगै झापाका प्रमुख जिल्ला अधिकारी नरेन्द्र प्रसाद दहाल समेत घटना स्थल पुग्नु भएको थियो । शुक्रबार राति गएको पहिरोका कारण इलाम चुलाचुली र बाझो गाविसको विच हुदै बगने सुन्दुवा खोला पूर्ण रुपमा थुनिएको थियो । इलाका प्रहरी कार्यालय दमकले शुक्रबार साझ सम्भावित खतरा रहेको दमकको वडा नं। १२१२११ र १३ त्यसै गरि लखनपूर गाविसको १२ ८ र ९ नं। वडा साथै झापाकै कोहवरा र इलामका चुलाचुली लगायतका ठाउहरुका वासीलाई माइकिङद्धारा सजक गराएको थियो । भने भुटानी शरणर्थी शिविरहरुमा उच्च सर्तकता अपनाउन ससस्त्र प्रहरी बल बेलडागी बेसलाई प्रयोग गरिएको थियो । पहिरो गएको ठाउमा पानिको सतह ७० फिट भन्दा माथि पुगेको प्राविधिक झाले बताउनु भएको छ । इलाका प्रहरी कार्यालय दमकका निरिक्षक नविन कार्कीले खोलाको पानि वग्न थाले पछि संम्भावित खतरा टरेको जानकारी दिनु भएको छ । सो क्षेत्रमा शुक्रबार ेखि नै सशस्त्र तथा जनपथ प्रहरी टोलीले सुरक्षा दिएको थियो ।

No comments:

Post a Comment

प्रतिक्रिया दिन चाहने पाठकहरुलाई जरुरी सूचना...
- यहांहरुले प्रतिक्रिया लेख्दा कृपया सभ्य भाषाको प्रयोग गर्नुहोला।
- असभ्य र आपत्तिजनक शव्दहरु प्रयोग गरिएको प्रतिक्रियालाई स्थान दिइने छैन।