Sunday, August 16, 2009

खोलामा बाढी सयौ विस्थापित

दकम ३२ साउन÷अविरल वर्षाका कारण खोलाहरुमा आएको वाढीका कारण सयौ घर परिवार विस्थापित भएका छन । कमल खोलामाले माहाभारा गाविसको १ देखि ८ नम्बर वडा सम्मको ५० विगहा भन्दा बढी खेती योग्य जमिन कटानी गरेको छ । त्यसै गरि कन्काई नदीले माहाभारा गाविसकै ९ नम्बर बडाको ३० विगहा भन्दा बढी कटानी गर्नुका साथै अन्य वडाहरुमा समेत कटान सुरु गरेको जनाइएको छ ।स्थानिय विजय अग्रवालले सो क्षेत्रमा अझ १ सय बिगहा भन्दा बढी जमिन कटानीको उच्च कोटीमा रहेको जनाउनु भएको छ । अग्रवालका अनुसार यो वर्षको कटानी अन्य वर्षहरुको तुलनामा तिबै रुपमा बढेको हो ।स्थानिय बिरिङ खोलामा आएको बाढीको राजघाट २ र ४ का तीन सय भर परिवार डुवानमा परि विस्थापित भएका छन । त्यसै गरि शरणामति गाविसमा २७ घर परिवार विस्थापित भएका र घैलाडुब्बा र शरणामती लगातका अधिकांश गाविसहरु बुबानको खतरामा रहेको कारण सो क्षेत्रहरुमा उच्च सर्तकता अपनाइएको इलाका प्रहरी कार्यालय झिलझिलॆले जानकारी दिएको छ । स्थानिय रतुवा खोलाले कोहवराको खाडी गाउमा १२ घर परिवार डृुवानमा पारेको छन भने लखनपूर गाविसको १२ ८ र ९ नम्बर वडाहरु प्नि नदी कटानीको उच्च जोमिमा रहेको र दमकका केही वाडाहरुमा सामान्य कटानी सुरु गरेको समेत इलाका प्रहरी कार्याल दमकले जनाएको छ ।

No comments:

Post a Comment

प्रतिक्रिया दिन चाहने पाठकहरुलाई जरुरी सूचना...
- यहांहरुले प्रतिक्रिया लेख्दा कृपया सभ्य भाषाको प्रयोग गर्नुहोला।
- असभ्य र आपत्तिजनक शव्दहरु प्रयोग गरिएको प्रतिक्रियालाई स्थान दिइने छैन।