ट्रकको ठक्करबाट ज्यान गुमाएकी झापा शनिश्चरेकी छात्रा पवित्रा कोइरालाका परिवारलाई क्षतिपूर्ति दिने सहमती भएपछी बिद्यलर्थीहरुले आन्दोलनका कार्यक्रम फर्ता लिएका छन । मृतक कोइरालाको परिवारलाई ५ लाखरुपैयाँ दिनुपर्ने र विद्यार्थीको नाममा एक लाख रुपैयाँको अक्षयकोष खडा गर्नुपर्ने लगायतका विद्यार्थीले राखेको मागमा सहमती जुटेपछी आन्दोलनरत चार बिद्यार्थी संगठनहरुले आफ्नो सम्पूर्ण आन्दोलनका कार्यक्रम फिर्ता लिएका हुन । सोमवार झापाको बिर्तामोडमा बसेको प्रशासन यातायात व्यवसायी र विद्यार्थी प्रतिनिधिबीचका वार्ता पछी सहमति जुटेको हो । वार्तामा सहभागि एकिकृत नेपाल कम्युनिष्ट पार्टी माओवादी निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीका जिल्ला संयोजक महेन्द्र भट्टराईले दिएको जानकारी अनुसार परिवारलाई ५ लाख रुपैया क्षतिपूर्ती दिने र क्याम्पसमा मृतकको नाममा एक लाख रुपैयाँको अक्षयकोष खडा गर्ने सहमती भएको छ । सहमतीपछि विद्यार्थीले पूर्व घोषित आन्दोलनका सबै कार्यक्रम फिर्ता लिएको भट्टराईले बताए । आईतवार भएको वार्ता विफल भएपछि सोमवार विद्यार्थीले अव्हान गरेको जिल्ला बन्दका कारण झापामा जनजीवन प्रभावित बनेको थियो । बन्दका कारण दमक विर्तामोड भद्रपुर धुलावारी र काकरभिट्टा लगायतका ठाउहरुमा लामो तथा छोटो दुरीका सवारी साधन चल्न सकेन भने बजार र पशल पूर्ण रुपमा बन्द बन्द थियो । विद्यार्थीले दमकको गणतन्त्र चोकमा लगायत कतिपय स्थानमा विहानैदेखि टायर बालेर प्रर्दशन गरे । यातायातका साधन नचलेका कारण कतिपय यात्रु पदलै र रिक्सामा बसी गन्तब्य तर्फ लागेका थिए । बन्दका कारण ग्रामीण भेगमा समेत यातायात सेवा ठप्प रह्यो । मोटरसाईकाल भने चल्न दिएका थिए ।गत भदौं ७ गते शनिश्चरे उच्च माविमा अध्ययनरत कोइरालाई ट्रकलॆ ठक्कर दिदाँ उनको मृत्यु भएको थियो । विद्यार्थीले घटनाको विरोधमा क्षतिपूर्तिको माग गर्दै चरणवद्ध आन्दोलन घोषणा गरेका थिए ।
Monday, August 31, 2009
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment
प्रतिक्रिया दिन चाहने पाठकहरुलाई जरुरी सूचना...
- यहांहरुले प्रतिक्रिया लेख्दा कृपया सभ्य भाषाको प्रयोग गर्नुहोला।
- असभ्य र आपत्तिजनक शव्दहरु प्रयोग गरिएको प्रतिक्रियालाई स्थान दिइने छैन।