Monday, August 31, 2009

दमकमा दुई बेवारीसे शव

झापाको दमक स्थित भुटानी शरणर्थी शिविर नजिकैको रतुवा खोला एक नवजात शिसुको सव सोमबार प्रहरीले फेला पारेका छन । अवैध गर्भधारण पछी फालिएको हुन सक्कने भएको कारण घटनामा संलगन व्यत्तिहरुको खोजीकार्य भइरहेको इलाका प्रहरी कार्यालय दमकले दिएको जानकारी दिएको छ । बिगतमा पनि शिविर परिसर भित्र यस प्रंकारका घटना भेरै हुने गरेको कारण भेटिएको शिसु पनि शिविर भित्रै हुन सक्कने आसंका गरिएको छ । त्यसैगरि दमक एकमा अवस्थित आम्दा अस्पतालमा तराई मुलका देखिने अन्दाजी ६० वर्षका एक मानिसको वेवारीसे शव भेटीएको छ । अस्पतालको गेट भित्र फेला परेको शव कहाँवाट कस्ले ल्याक्याएको हो भन्ने विषयमा खोजी भइरहेको प्रहरीले जानकारी दिएको छ । प्रहरीका अनुसार मृतक वेवारीसे रुपमाज नै हिडडुल गदैगर्दा मृत्यु भएपछि कुनै व्यत्तिले अस्पताल हातामा पुर्याएको हुन सक्ने प्रारम्भीक अनुसन्धानमा द्ेखीएको छ ।

No comments:

Post a Comment

प्रतिक्रिया दिन चाहने पाठकहरुलाई जरुरी सूचना...
- यहांहरुले प्रतिक्रिया लेख्दा कृपया सभ्य भाषाको प्रयोग गर्नुहोला।
- असभ्य र आपत्तिजनक शव्दहरु प्रयोग गरिएको प्रतिक्रियालाई स्थान दिइने छैन।