Saturday, October 3, 2009

परम्परागत चाड-पर्व र कम्युनिष्ट

...गंगा श्रेष्ठ...
धर्म कर्म चाड-पर्व अर्थात् पुरातन संस्कृतिलाई कम्युनिष्टहरुले कसरी बुझ्ने र व्यवहार गर्ने यो विषयमा नेपाली कम्युनिष्ट आन्दोलनभित्र व्यापक मतैक्यता रहँदै आएको छ । एकातिर पुरातन संस्कृतिलाई ध्वंस गर्ने नाममा त्यसभित्र रहेका असल र खराब पक्ष नछुट्याई पुरातन संस्कृतिको समग्र पक्षलाई नकार्ने र अर्कातिर शब्दमा नयाँ संस्कृतिको कुरा गर्ने तर कर्ममा पुरातन संस्कृतिलाई अँगालिरहने । यी दुई अतिवादी प्रवृत्तिको अलावा तेस्रो प्रवृत्ति पनि रहेको छ । सबेै पुरातन संस्कृतिलाई जनवादीकरण गर्न सकिन्छ । सरसर्ती हेर्दा तेस्रो प्रवृत्ति ठीक जस्तो देखिए पनि यी तीनवटै प्रवृत्तिहरु अग्रगामी छैनन् । त्यसो भए पुरातन संस्कृतीप्रति के हो त कम्युनिष्टहरुको दृष्टिकोण यसलाई बुझ्नको निम्ति प्रथमतः संस्कृति र संस्कृतिको वर्गीय चरित्रलाई राम्रेासँग बुझ्नु पर्दछ । संस्कृति भनेको के हो संस्कृतिको शाब्दिक अर्थतिर नअलमलिई भन्नुपर्दा ुसंस्कृति भनेको समाजको अर्थव्यवस्थाको प्रतिबिम्ब हो । भौतिक उत्पादन सम्बन्ध नै संस्कृति निर्माण र विकासको आधार हो । आजसम्मको मानव समाजले भोग्दै आएको सत्य भनेको उत्पादन र वितरण बीचको असमानता हो । जसको अनिवार्य परिणती हामी बाँचिरहेको वर्गीय समाज हो तसर्थ वर्गीय समाजमा संस्कृति पनि वर्गीय नै हुन्छ । आजसम्मको मानव समाजका ऐतिहासिक तथ्यहरुले त्यही कुरा बोलिरहेका छन् । दास युगमा दास र दासमालिकको संस्कृति एउटै थिएन । त्यस्तै सामन्ती युगमा सामन्त जमिन्दारहरुको र किसानहरुको संस्कृति पूँजीवादी युगमा पूँजीपति र मजदुरहरुको संस्कृति एउटै छैनन् । समाजवादमा पनि वर्गीय संस्कृतिको अवशेष जब्बर रुपमा बाँकिरहेका तथ्यहरु रुस चीन लगायतका समाजवादी मुलुकहरुले देखाएका छन् । तसर्थ साँच्चैको मानव संस्कृति अर्थात् निवर्गीय संस्कृति साम्यवादी समाजमा मात्र संभव हुने देखिन्छ । वर्गीय समाज रहिरहेसम्म शासक र शासितको संस्कृति कुनै पनि हालतमा एउटै हुनै सक्दैन । कम्युनिष्टहरुको अन्तिम अभिष्ट भनेको महान् साम्यवाद हो । महान् साम्यवादको यात्रा निकै जटिल कठीन र कठोर छ । अर्को शब्दमा भन्नु पर्दा महान् साम्यवादको यात्रा निरन्तर क्रान्ति-यात्रा हो । र यो क्रान्ति समग्र क्रान्ति हो । साँस्कृतिक क्रान्तिलाई भन्दा राजनैतिक र आर्थिक क्रान्तिमा मात्र बढी जोडिदंदा हजारौं-लाखौंको बलिदानबाट प्राप्त समाजवादी सत्ताहरु क्रमशः बालुवाका महलहरु ढलेझैं ढलेका उदाहरणहरु हाम्रा सामु प्रशस्तै छन् । क्रान्ति सम्पन्न गर्न र क्रान्तिबाट प्राप्त सत्ताको रक्षा गर्न साँस्कृतिक रुपान्तरण अनिवार्य छ । निश्चितै रुपमा राजनैतिक र साँस्कृतिक क्रान्तिमा राजनैतिक क्रान्ति प्रमुख हो तर राजनैतिक क्रान्तिलाई अझ शक्तिशाली दिगो बनाउन साँस्कृतिक क्रान्तिको अत्यन्तै ठूलो भूमिका रहन्छ । तसर्थ साँस्कृतिक क्रान्तिमार्फत् साँस्कृतिक रुपान्तरण हुने कुरा ज्यादै महत्वपूर्ण कुरा हो । केही मान्छेहरुले बन्दुक बोकेर युद्धमा होमिनुलाई नै साँस्कृतिक रुपान्तरणको प्रमाण-पत्र प्राप्त भएको सम्झन्छन् । विश्वकम्युनिष्ट आन्दोलन र नेपाली कम्युनिष्ट आन्दोलनको इतिहासलाई अध्ययन गर्दा माथि उल्लेखित कुरा अन्तिम सत्यको रुपमा पुष्टि भएको छैन । निश्चयनै बन्दुक बोकेर युद्धमा होमिनु ठुलो कुरो हो तर त्यो ठुलो कुरा त्यतिबेला मात्र महान् विजयमा बदलिन्छ जतिबेला ऊ साँस्कृतिक रुपान्तरण हुन्छ बन्दुक र विचारको उच्च र सुन्दर संयोजन गर्न सक्दछ । वास्तवमा साँस्कृतिक रुपान्तरण हुनु भनेको आफूभित्र खराब संस्कार र पुरानो समाजको कुरुप विचारलाई त्याग्नसक्नु हो । जतिसुकै बहादुरीपूर्वक युद्धमैदानमा लडे पनि शत्रुमाथि विजय प्राप्त गरे पनि उसले पुराना खराब संस्कार र विचारलाई त्याग्न सकेको छैनभने अन्ततः ऊ पराजित र विघटित भइरहेको हुन्छ । अन्तिम अर्थमा ऊ सबैलाई जित्दा-जित्दै पनि आफैभित्र भने हारिरहेको हुन्छ । जसले आफैमाथि विजय प्राप्त गर्न सक्दैन आफू रुपान्तरण हुन सक्दैन उसले वास्तवमा अरुलाई जित्नसक्दैन अरुलाई बदल्न सक्दैन । विश्वकम्युनिष्ट आन्दोलन पछिल्लो समयमा आएर धराशायी बन्नु र नेपाली कम्युनिष्ट आन्दोलनले २००६ सालदेखि ०५२ सम्म गुणात्मक फड्को हान्न नसक्नुको कारण कम्युनिष्ट आन्दोलन हाँकिरहेका नेताहरुमा साँस्कृतिक रुपान्तरण नहुनु एउटा मुख्य कारक हो । फेरि पनि असलसँग खराब उज्यालोसँग अँध्यरो क्रान्तिसँग प्रतिक्रान्ति अनिवार्य रुपमा भए झैं महान् जनयुद्धको सुन्दर इतिहाससँगै थोरै कुरुपता पनि हुर्कदै आइरहेको छ । जसका विरुद्ध निर्ममतापूर्वक वैचारिक संघर्ष चलाउनु बाहेक अर्को विकल्प छैन ।महान् जनयुद्धको सुन्दरतासँगै हुर्कदै आईरहेको कुरुपताको कुरा गर्दा मुख्यतः सुविधाभोगी र शासकीय चरित्र सिद्धान्त र व्यवहारमा भिन्नता आर्थिक अराजकता पदलोलुपता आफ्नो पुरानो वर्ग जाति क्षेत्र िलंग त्याग्न गाह्रो पर्नु पुरानो संस्कृतिप्रति मोह जाग्नु…आदिलाई लिन सकिन्छ । नेपाली समाजमा सयौं वर्षदेखि मूलतः शासक वर्गले भव्यरुपमा मनाउँदै आईरहेको मुख्य चाड-पर्व दशैं र तिहारप्रति संसोधनवादी दक्षिणपन्थी जडसुत्रवादी कम्युनिष्टहरुले यसै लेखको शुरुको अनुच्छेदमा चर्चा गरिए झैं जसरी मनाउँदै आईरहेका छन् ने।s।पा।माओवादी ले त्यसभन्दा भिन्नै तरिकाले मनाउँदै आईरहेका छन् । ने।s।पा। माओवादी दशैं-तिहार जस्ता चाड-पर्वहरुलाई मूलतः विस्थापन गर्दै यसको अर्थ सकारात्मक पक्षको समेत विस्थापन भने होइन् समाजमा त्याग तपस्या बलिदानबाट स्थापित नयाँ मूल्य-मान्यता सहितका पर्वहरु स्थापना गर्न चाहन्छ । जस्तै फागुन-१ पार्टी स्थापना दिवस बलिदान दिवस अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस मई-१ …आदि । मुख्यतः पार्टी सदस्यहरुलाई साथै जवस मोर्चामा कार्यरत गैरपार्टी सदस्यहरु र जनतालाई समेत नयाँ संस्कृति स्थापनाको लागि पार्टीले आदेश र अनुरोध गरिरहेको छ । दशैं-तिहार जस्ता चाड-पर्वहरुलाई धार्मिक पौराणिक आर्थिक रुपमा नभएर विशुद्ध सामाजिक सद्भाव वृद्धि र पारिवारिक भेटघाटको रुपमा मनाउन पार्टीले आफ्ना कार्यकर्ताहरुलाई छुट दिएको छ साथै जनतालाई पनि अनुरोध गरेको छ । तर पार्टीको नीति र निर्देशनलाई युद्धकालमा जति अनुशासित ढंगले लागू गरेका थिए शान्ति-प्रकृयाको यस दुई वर्षमा त्यति प्रभावकारी ढंगले लागू गरेको देखिएन । गत सालको दशै-तिहारभन्दा यसपालिको दस-तिहारमा नीति निर्देशन उलंघनको मात्रा बढेको प्रष्ट देखियो । संसोधनवादी कम्युनिष्ट पार्टीभित्र जस्तै ने।s।पा। माओवादी भित्र पनि धर्म भनेको व्यत्तिगत मामला हो भन्ने जस्ता तर्कहरु हल्कारुपमा उठेको देखियो । निश्चितै रुपमा पार्टी सदस्यभन्दा बाहेक अरु समर्थक शुभचिन्तक जनताका सवालमा धर्म व्यत्तिगत मामला नै हो । तर यो सिद्धान्त पार्टी सदस्यहरुको हकमा भने लागू हुन सक्दैन । यस प्रसंगमा समाजवाद र धर्म शीर्षकको लेखमा क। लेनिन लेख्नुहुन्छ-ूजहाँसम्म समाजवादी सर्वहारा पार्टीको प्रश्न छ धर्म एक व्यक्तिगत मामला होइन । हाम्रो पार्टी मजदुर वर्गकॊ मुक्तिका लागि संघर्ष गर्ने अग्रणी योद्धाहरुको संस्था हो । यस्तो संस्था धार्मिक विश्वासहरुका रुपमा वर्ग चेतनाका अज्ञान अथवा रुढिवादप्रति न तटस्थ रहनसक्छ न त रहनु नै हुन्छ ।ू क। लेनिनको यस भनाइ एउटा क्रान्तिकारी कम्युनिष्ट पार्टीका सदस्यहरुको लागि मार्गदर्शन हो । कमरेडहरुका बिचारमा दसै-तिहारलाई जनवादीकरण गरेर मनाउनु पर्ने साथै दसै तिहारमा टिका नलगाउँदा पारिवारीक सम्बन्ध बिग्रने र जनताबाट एक्लिने खतरा हुन्छ तसर्थ परिवार र समाजको लागि भए पनि टीका लगाउन पर्छ भन्ने तर्क र बहसहरु चलेको पाइयो । तर्कहरु मात्र होइन कतिपय जिम्मेवार कमरेडहरुले टीका र जमरा लगाएको पनि देखियो । निश्चितै रुपमा पार्टीले यही मर्मलाई मध्यनजर गर्दै दशै-तिहार जस्ता चाड-पर्वहरुलाई धार्मिक पौराणिक रुपमा नभएर बिशुद्ध समाजिक सद्भाव वृद्धि र परिवारीक भेटघाटको रुपमा मनाउन छुट दिएको हो । आज आएर जिम्मेवार नेता कर्यकर्ताहरुले नै यस प्रकारको बहस र व्यवहार गर्ने हो भने त्यस्ता कमरेडहरुले भन्नसक्नु पर्छ-ूहिजो युद्धकालमा चाड-पर्व मनाउन संभव थिएन तसर्थ मनाइएन आज सम्भव छ मनाइयो । हिजो युद्धकालमा पार्टीले लिएको नीति र दिएको निर्देशन ठीक थियो तर आज शान्तिकालमा ठीक छैन । हिजो गरिएको रुपान्तरणका कुरा बाध्यात्मक थियो तर आज त्यो वाध्यात्मक छैन । यदी होइन भने पुरानाहरुले नयाँलाई के सिकाउने समाज र जनतालाई कसरी रुपान्तरण गर्ने जनता र सामान्य कार्यकर्ता भन्दा पछौटे चेतना बोकेर के नयाँ समाज र संस्कृति निर्माण गर्न संभव छ निश्चितै रुपमा छैन । यो एउटा गम्भीर संाँस्कृतिक समस्या हो । सारतः सास्कृतिक समास्या भनेको बैचारिक समस्या हो । जब पार्टी सत्ताको नजिक पुग्दछ तब संभावनाका अजस्र ढोकाहरु खुल्दछन् । ढोकाबाट भित्र छिर्नेहरु बीचको प्रतिस्पर्धा स्वस्थ मात्रै हँुदैन अस्वस्थ पनि हुन्छ । अस्वस्थ प्रतिस्पर्धाबाट भित्र घुसेका अवसरवादीहरु र प्रतिस्पर्धामा पछारिएका अधैर्यतावादीहरु दुवैले अन्ततः पार्टीलाई व्यक्तिगत तुच्छ स्वार्थपूर्तिको लागि प्रयोग गर्दछन् । यस्तो प्रवृतिले रुपमा अचाक्ली खरो क्रान्तिकारी कुरा गर्छभने सारमा गैरक्रान्तिकारी कर्म गर्दछ । यस्ता गैरक्रान्तिकारी प्रवृतिहरुका बीचमा कहिले-कहिले इमान्दार क्रान्तिकारीहरु भ्रमित भएर रुमलिन पुग्दछन् । अन्तमा सांस्कृतिक समस्या समाधानका बारेमा संस्कृति र सांस्कृतिक रुपान्तरणबारे शीर्षकको लेखमा मैले लेखेको थिए-ूवास्तवमा सबै समस्याहरुको मुख्य स्रोत भनेको व्यक्तिगत सम्पत्ति र व्यक्तिगत स्वार्थ नै हो । म र मेरोलाई हामी र हाम्रो अर्थात् व्यक्तिगत सम्पत्ति र स्वार्थलाई सामूहिक सम्पत्ति र स्वार्थमा रुपान्तरण गर्ने वित्तिकै समस्याहरु समाधान हुँदै जान्छन् । निर्ममतापूर्वक आफ्नो टाउकोमा आफैले आगो लगाउँदै अघि बढ्नु अर्थात् आफूप्रति आफै इमान्दार बन्नु पार्टीमा शुद्धिकरण अभियानलाई दरॊ ढंगले सबै कमिटीहरुमा संचालन गर्नु वैचारिक सँगसँगै भौतिक सर्वहाराकरणलाई केन्द्रीय समितिबाट क्रमशः अब तल्ला कमिटीहरुमा पनि कार्यान्वयनमा लैजानु सम्पूर्ण शक्तिको स्रोत जनतालाई मान्दै सम्पूर्ण सम्पत्ति जनताको हातमा बुझाउनु र जनताको प्रत्यक्ष निगरानीमा रहनु नै साँस्कृतिक क्षेत्रमा देखिएका समस्याहरुलाई समाधान गर्ने विधिहरु हुन्
लेखक एकीकृत नेकपा माओवादी कोचिला राज्य सह-इाचार्ज हुन

No comments:

Post a Comment

प्रतिक्रिया दिन चाहने पाठकहरुलाई जरुरी सूचना...
- यहांहरुले प्रतिक्रिया लेख्दा कृपया सभ्य भाषाको प्रयोग गर्नुहोला।
- असभ्य र आपत्तिजनक शव्दहरु प्रयोग गरिएको प्रतिक्रियालाई स्थान दिइने छैन।