...गगन पुरी ....
नयाँ संविधान निर्माण गर्ने प्रकृया संग संगै यतिबेला झण्डा फेर्नु पर्छ भन्ने प्रस्ताव संवैधानिक समितिको उपसमितिमा दर्ता भएको छ । त्यस पछी एक थरिले झण्डा फेर्नु पर्छ भन्ने तर्क अघि सारीरहेका छन भने अर्को थरीले झण्डा फेर्नु हुदैन भन्ने तर्क अघी सारीरहेका छन । तसर्थ नेपालको राष्ट्रिय झण्डा फेर्ने वा नफेर्ने भन्ने सवालमा देश यतिखेर दुई चिरामा बिभाजित भएको छ । अबको राज्य प्रणालीको स्वरुप संगसंगै राष्ट्रिय झण्डालाई पनि परिर्वतन गरिनु पर्दछ र पुरानो झण्डालाई निरन्तरता दिनु हुदैन भन्ने प्रस्ताव एकीकृत नेपाल कम्युनिष्ट पार्टी माओवादीको तर्फबाट दर्ता भएको हो । तर अन्य संसदवादी राजनैतिक दलहरुले उक्त प्रस्तावको विरोध गरिरहेका छन् । झण्डा फेर्ने की नफेर्ने प्रस्तुत सन्दर्भले आजको राष्ट्रिय राजनैतिकमा विशेष महत्व पाईरहेको अवस्थामा यस स्तम्भकारले यो लेख मार्फत आफ्नो अभिमत जाहेर गर्नु उपयुक्त ठान्दछु । राष्ट्रिय झण्डा भनेको के हो यसको के महत्व छ यससित संम्बन्धित राष्ट्रको सामाजिक परिवेशको कुनै सम्बन्ध छ की छैन जस्ता विषयहरुमा स्पष्ट नभईकन हामि अहिलेको झण्डा फेर्नु पर्छकी पर्दैन भन्ने कुराको सहि निष्र्कसमा पुग्न सक्दैनौ । सबैलाई अवगत भएको कुरा यो होकी प्रत्येक राष्ट्रिय झण्डाले सम्बन्धित राष्ट्रको पहिचान र प्रतिकको रुपमा काम गरेको हुन्छ । त्यसकारण राष्ट्रिय झण्डा उक्त राष्ट्रको पहिचान हो । राष्ट्रको विविधता बिशिष्टता झल्काउने परिचय दिने र तीनिहिरु बिचको एकताको प्रतिक हो । त्यसैले हरेक राष्ट्रको झण्डा भित्र अनिवार्य रुपमा उक्त देश भित्रको सामाजिक बनावट भौगोलिक अवस्थाका साथै विशिष्टताहरुको एकता सहितको पहिचान समावेस भएको हुनु पर्छ अर्थात त्यस मार्फत राष्ट्रको ऐतिहासिकता सामाजिक साँस्कृतिक एवं भौगोलिक राजनैतिक भावनाको सुत्रबद्धरुपमा अभिव्यक्त भएको हुनु पर्दछ । त्यसकारण राष्ट्रिय झण्डा भन्ने वितिकै कुनै एक जाती एक भाषी एक संस्कृती एक समूह वा व्यक्ति विशेषलाई झल्काउने भन्दा पनि सबैको साझा हुनु पर्दछ तब मात्र राष्ट्रिय झण्डाले आफ्नो ओज र गरिमालाई कायम राख्न सक्छ । व्ास्तावमा नेपाल सानो भएता पनि विविधता नै विविधताले भरिएको देश हो । आजको हाम्रो सामाजिक परिवेस भनेको बहुजाती बहुभाषी बहुसस्कृती एवं भौगोलिक विविधता विचको एकता भएको छ । यो संसारसामु चिनाउने हाम्रो विशिष्ट पहिचान हो गहना हो र संम्पति हो । तसर्थ हाम्रो देशको यही सामाजिक सास्कृतीक र भौगोलिक अवस्थालाई समानुपातिक एवं समावेसी ढंगले झल्काउने प्रकारको राष्ट्रिय झण्डा हुनु पर्दछ तव मात्र यहाँ रहेका सबै जाति धर्म संस्कृती लिङ्ग क्षेत्रले झण्डामा आफ्नो भावना प्रतिविम्बित भएको देख्न पाउने छन् र झण्डा प्रति सबैले गौरव र ममता गर्नेछन् । तर बताइरहनु पर्ने आवश्यकता छैनकी अहिलेको चन्द्र सुर्य अंकित झण्डाले नेपालको सामाजिक परिवेसलाई नत संकेत नै गर्न सक्छ नत सम्बोधन नै । यसले एकातीर सामाजिक परिवेसलाई संकेत गर्देनन भने अर्को तर्फ परिर्वतित संघीय संरचनाको पनि संवोधन गर्न सक्दैन । चन्द्र र सुर्य अंकित झण्डाले हिन्दुवादी सामन्तवादी राजावादी परम्परावादी र चन्द्र वंशी र सुर्य वंशी राजाका राजाको एकताको प्रतिकको रुपमा व्याख्या गर्दै भएको छ । तर अहिले हामि एकतीर राजतन्त्रको अन्त्य गरेर संघीय गणतन्त्रमा प्रवेश गरिसकेका छौ भने त्यसका साथै हिन्दु अधिराज्यको सट्टा धर्म निरपेक्ष राज्यमा प्रवेश गरि सकेका छौ । हो यस्तो अवस्थामा हामिले पुरानै झण्डालाई निरन्तरता दिनुको कुनै अर्थ छैन । त्यसैले पुरानो मूल्य मान्यताको आधारमा परिभासित र प्रयोग गरिएको झण्डामा नयाँपनको खोजी गरिनु स्वाभाविक हो । संसारका कुनै पनि जनक्रान्ति वा बिद्रोह पस्चात मुलुमा विधमान रहेको संविधानको परिर्वतन गर्नुका साथै झण्डामा समेत परिर्वतन गर्ने गरेको कयौ उदारणहरु ह्ाम्रा सामु बिद्यमान छ । जस्तोकी सोभियत संघ चीन अमेरीका लगायत रहेका छन । महान १०वर्षे जनयुद्ध र १९ दिने जनआन्दोलनको मर्म र उदेश्य बमोजिम हामि नयाँ संविधान निर्माण गर्ने शिलशिलामा झण्डाको प्रकृती र परिभाषामा नयाँ परिर्वतन खोजिनु पनि आजको आवश्यकता हो भन्ने कुरा सबै संसदवादी दलहरुले बुझ्न जरुरी छ । विकल्प वारेहाम्रो देश बहुविविद्यता भएको देश हो । दलित आदीवासी जनजातीहरु भएको देश बहुसंस्कृती भएको देश सगरमाथा भएको देश बहुजाती भएको देश हो । त्यसैले यी सबै पक्षहरुको भावनाको प्रतिनिधित्व हुने गरि अवको राष्ट्रिय झण्डाको परिकल्पना गरिनु गर्दछ । निश्चित रुपमै हामि निकट भविश्यमानै संघीय राज्य व्यावस्थामा प्रवेश गर्दै छौ । त्यसकारण अवको राष्ट्रिय झण्डा तिनै संघीय राज्यहरुको संख्याको अनुपात र प्रतिनिधित्व हुने गरि सगरमाथाको लोगो सहित ताराहरुको प्रयोग गर्न सकिन्छ । त्यसो गर्दा एकातीर संसारलाई चिनाउने हाम्रो सगरमाथा र प्रत्येक संघीय राज्यहरुको एकताको प्रतिकको रुपमा ताराहरु प्रयोग गर्दा त्यसले राजनैतिक परिर्वतनका साथै सामाजिक सास्कृतीक भावलाई समेत समेट्द छ । अथवा वर्तमान हाम्रो सामाजिक परवेस अनुरुप दलित आदीवासी जनजाती महिला पिछडीएको क्षेत्र वर्ग आदीलाई सम्बोधन हुने गरि प्रतिकको रुपमा पाँच वटा तारा अंकित झण्डाको परिकल्पना परिभाषा र अवधारणा ल्याउदु नेपालमा छरिएर रहेका सबै नेपालीहरुलाई एउटै छत्र छायाँ मुनी गोलबन्दीत गर्न उक्त राष्ट्रिय झण्डाले विशेष महत्व राख्दछ ।
No comments:
Post a Comment
प्रतिक्रिया दिन चाहने पाठकहरुलाई जरुरी सूचना...
- यहांहरुले प्रतिक्रिया लेख्दा कृपया सभ्य भाषाको प्रयोग गर्नुहोला।
- असभ्य र आपत्तिजनक शव्दहरु प्रयोग गरिएको प्रतिक्रियालाई स्थान दिइने छैन।