.....नवराज सुवेदी.........
सामान्यतया शिक्षालाई जिवन देखि मृत्यू पर्यन्त चल्ने शिकाई भनेर बुझ्न सकिन्छ । भिन्न लक्ष्य र उद्देश्य सहितका शिकाई पद्धतिहरुऔपचारीकअनौपचारीक र अनियमीतलाई शिक्षाको बिकास क्रमले स्थापीत गरेका शिक्षा प्राप्तिका तरकिवहरु हुन् । बिभिन्न पद्दतिबाट प्राप्त शिक्षा निश्चित उद्देश्य प्राप्त भैसके पछि पुर्ण भएको मानिन्छ र शिक्षार्थी जब ाष्भमि मा गएर उक्त ज्ञानलाई ब्याबहार द्धारा पुष्टि गर्न समर्थ बन्दछ तब मात्र उ निपुर्ण भएको मानिन्छ ।यस प्रकि्रयालाई अत्यन्त शुक्ष्म ढंगबाट नियालेर हेर्ने हो भने जिवन ब्यावहारलाई विशिष्टबाट सामान्यकृत गर्दै परिस्थितीलाई प्रतिकुल बाट अनुकुल र असहज वाट सहज तर्फ डोर् याउने चेतनाको बिकास गर्नु शिक्षा हो । अर्थात संसारलाई बुझ्न र बदल्नका निमित्त चेतनासंघर्षबाट प्राप्त ज्ञानलाई अधिकतम उपयोग गर्नु र उच्च चेतनाको बिकास गर्दै प्रकृतिपदार्थसंगको संघर्षलाई उचाईमा लैजानु नै शिक्षा हो ।समाज बिकाशको क्रमसंगै मानिसका आवश्यकताहरु दिनानुदिन बृद्धीहुंदै गएका छन् । गास र यौन बाट बढ्दै गएका आवश्यकताहरु अहिलेको विश्वमा आईपुग्दा गास यौन वास कपास शिक्षा स्वास्थ्य रोजगारुसम्म आईपुगेको छ ।समाजलाई यहांसम्म ल्याई पुयाउनको निमित्त प्रकृतिसंगको निरन्तरको संघर्ष संघर्षबाट प्राप्त चेतना को बिकास र त्यस्को प्रयोग नै हो । सामान्य अर्थमा प्रकृतिसंगको संघर्ष बाट प्राप्त ज्ञानचेतनालाई शिक्षा भन्न सकिन्छ । यसर्थ चेतनाज्ञानको विकाश प्रकृति÷भौतिक पदार्थ सँगको संघर्षप्रयोग बाट बिकशित ज्ञान अर्थात बिज्ञान प्रयोगद्धारा सीद्ध हुने ज्ञान हो ।नागरिकलाई सहज ढंगवाट जिवन यापन गर्ने व्याबस्था मिलाउनु राज्यको अहम दाईत्व हो भने राष्ट्रप्रति बफादार रही मानव समाजको हितमा कार्यगर्नु नागरीकको कर्तब्य हो । दाईत्व र कर्तब्य बिचमा देखिएको अन्तरबिरोध कै कारण दुनियाँमा यो अस्तब्यस्तता भईरहेको स्पष्ट नै छ ।बफादार नागरीका बनाउन राज्यले जन्मेदेखी मृत्यू पर्यन्त सम्म नागरीकाको सम्पुर्ण जिम्मेवारी वहन गरी उस्का बुझाईलाई बिकास गर्दै राष्ट्रको एक योग्य पहरेदारको रुपमा विकाश गर्नॆ जिम्मेवारी जुन ढंगबाट पूरा हुन्छत्यस्को परीणाम दोश्रो जिम्मेवारी अन्र्तगत नागरीकले उस्को चेतनाको स्तर अनुसारको भूमिका खेल्दछ ।नेपाल ८०७३डठघद्धसकृषिमा आधारीत टुक्रे उत्पादन सँग जोडीएको राष्ट्र हो । जनताको आवश्यकता परिपुर्तीको लागी एक भरपर्दाे उधोग नहुनुअनमोल श्रोत र साधनको उपयोग हुने वातावरण नहुनु कै कारण हामी १०० वर्ष अघि सम्म हाम्रो हाराहारीमा रहेका र श्रोत र साधनको हीसावले अत्यन्तै कमजोर मूलुकहरु भन्दा ४०० वर्ष पछाडी छाडीएका छौं हामीमा भएको आडम्वरले पुर्खाकै गौरवगाथा गाएर घिरौंला जत्रो नाक फूलाउन बाहेक अरु केही जानेकै छैन । देश बिकासमा अहम भूमिका खेल्ने यूवा जनशक्तिको उपयोग नगर्दा यो हविगत भएको हो भन्न कुरा अव हामीले राम्रो सँग बुझ्नैपर्छ । यो वा त्यो वाहनामा काम र मानिषलाई समेत वर्गीकरण गरी मनोवैज्ञानिक रुपमा देशमा रहेर गरीने श्रम प्रति तिव्र घि्रणा पैदागराई यूवा जोस जाँगर रगत पशिना विदेशमा बेची यहाँका शषकले बनाएको सामाजिक संरचना द्धारा नया पुस्तालाइ विदेशीका उँट रागा गधा र खच्चरको रुपमा विकास गराउदै छ । राणाहरुले जसरी जनतालाई पढाएमा वाटाहुन्छन् र सत्तामा वसी भत्तामा मोज गरेको थाहा पाउछन भनेर पटमुर्ख बनाउन चाहेत्यही मनस्थितीले अझैपनी छाडेको छैन यहाँका शाषकहरुलाई ।जनतालाई यहाको अनुकुलताको मौलिकप्राविधिक÷ब्यावहारीक शिक्षा प्रदान गरेमा साना ठुला सामन्तहुदै समग्र सामन्तवादी राज्यसत्तानै ध्वस्त हुने बुझेकाछन यहाका शाषकहरुले ।चार सय वर्ष अगाडी भैसकेका मुलुकहरुसग यहाँको शिक्षालाई दाज्दै उच्च वर्गको प्यावा रहने गरी अत्यन्तै व्यापारीक तवरबाछ शिक्षाको खेती लगाईन्छ । बिक्री गरीएको शिक्षा लाई न त जिवन व्यावहारमा लागु गर्न सकिन्छन त कुनै खाले रोजगारीको श्रृजना गर्दछ ।यस्तो शिक्षा कमैको मात्र पहुचमा रहने हुनाले कमैले मात्र अध्यायन गदछन् । अध्यायन गर्ने मध्ये सवैभन्दाबढि आर्थीक र सामाजीक कारणले गर्दा बिचैमा छाड्नुपर्ने वाध्यता छत्यसपछी बाँकी जेनेतेने सफलता हासिल गर्ने आसमा जिवनको बहुमुल्य समय गुमाउन वाध्य छन् भने सवैभन्दा थोरै सफल भएर पनी प्रयोग गर्ने स्थानको अभाव वा क्षमताको उचित मूल्या ड्ढन नहुने कारण विदेशतिर पलायन हुने गरेको देखिएको छ । यसरी भएका प्रतिभाको समेत पलायनदचबष्ल मचबष्ल गराईन्छ र तमाम युवाको रोजगारी खोज्न भौतारीदै जिन्दगी बित्छ ।काईदाको फाईदा छ अहिलेको शिक्षानितीबाट यथास्थितीवादी शाषकहरुलाईसवैभन्दा शक्तिशाली युवाशक्तिलाई विकेन्द्रित गरीदीएपछी ससक्त ढंगवाट कु व्यावस्थामाथी प्रहारगर्ने जोश जाँगर र शक्ति केन्द्रित हुन सक्दैन र मौका मा चौका हानी एक पछीअर्काे पस्तालाई जकेटदै जान्छ सामन्तवादको साङ्लोले जनतालाई ।यसरी समग्र नेपाली समाजको समस्याहरुलाई केलाएर हेर्नेहो भने मुख्य समस्या भनेको एकात्मक र केन्द्रिकीत सामन्ति राज्य प्रणाली नै हो ।निरन्तर मुक्तीको सपना देख्ने नेपाली जनताहरुमा अहिले ठुलो आशा पलाएको छ । गणतन्त्रको घोषणासँगै देखी सामन्तवादवाट सदाका निमीक्त मुक्तीको आस गरेका आम जनताले त्यस्को मुख्य अभिभारा सहितको जिम्मेवारी नयाँ विचार र नेतृत्वलाई सुम्पीएका छन् । आफ्नो शक्ता लाई बचाई राख्न यथास्थितीवादीहरु फेरी पनी यो वा त्यो वखेडा झीकेर जनताको आदेशलाई अटेर गरीरहेका छन् । सामन्तवादलाई हुर्काउने काम विगतमा शाषन सत्ता चलाउने यिनै पार्टिहरुले गरेत्यस्को मुल्याड्ढन भने नेपाली जनताले राम्रै सँग गरेका छन् । फेरी पनी यो जनादेशलाई यी राजनैतीक पार्टीहरुले अटेर गरी सत्ता लीप्सा भएर वसेभने यीनको दुर्गती हेर्न समय लाग्दैन ।आमुल परीवर्तन भनेको पुरानो सोचचिन्तनविचार र राज्य सत्ताको ध्वंस गरी नयाँ सोचचिन्तनविचार र राज्य प्रणालीको निर्माणनै हो । सरकार परीवर्तन हुदैमा अव परीवर्तन हुन्छ भनेर बुझीयो भने त्यो गलत हुन्छ । आमुल राजनैतिक परिवर्तन बिना राज्यको पुनसर्ंरचना असम्भव छ र राज्यको पुनःसंरचना विना नयाँआमुल परिवर्तन सहित को शिक्षा निती लागु गर्छाै भन्नु खोला उल्टो वगाउछु भनेझैं मात्र हो ।आशा गरौं अवको आमुल राजनैतिक परिवर्तनजो जनबिद्रोह मार्फत आम नेपाली जनताले अनुभुत गर्नेछन् पश्चात श्रमसँँग जोडीने व्यावहारीक र जनमुखी शिक्षानिति लागु गरी नेपाली आवश्यकता अनुशारको जनशक्तीको उत्पादन गर्नेछ र नेपालीको श्रृजनशीलतावाट अवको केही वर्षमा नेपालले उच्च बिकासको फड्को मार्नेछ ।यसो गर्नका लागी तपाई हामी युवा जनशक्तिको भिुमका अहम छ ईतिहाँसले हाम्रो काँधमा हाली दिएको यो जिम्मेवारीलाई पुरा गर्नका लागी यो महान चाडले दृढ अठोट र शाहस सवै युवाहरुको मन मस्तिस्कमा हाम्रा अग्रजहरुको आशिर्वादबाट क्रान्तिप्रतिको असिम आस्था भरिदियोस भन्ने हार्दीक मंगलमय शुभकामना ब्यक्त गर्दछु ।
सचिवालय झापा
अखिल क्रान्तिकारी झापा
No comments:
Post a Comment
प्रतिक्रिया दिन चाहने पाठकहरुलाई जरुरी सूचना...
- यहांहरुले प्रतिक्रिया लेख्दा कृपया सभ्य भाषाको प्रयोग गर्नुहोला।
- असभ्य र आपत्तिजनक शव्दहरु प्रयोग गरिएको प्रतिक्रियालाई स्थान दिइने छैन।