मिथिलाञ्चलको महान पर्व छठअन्तर्गत आज चतुर्थीका दिनदेखि मुख्य विधि सुरु हुँदैछ। सत्य, अहिंसाप्रति मानवको रुचि बढाउने र सबै जीवप्रति सहानुभूति राख्न अभिप्रेरित गर्नु यस पर्वको विशेषता रहेको छ।सूर्य उपासना परम्पराको मोहक पद्धति मानिएको संसारमा यही एक यस्तो पर्व हो जसमा अस्ताउँदो र उदाउँदो सूर्यलाई पूजा गरिन्छ। यस पर्वमा चाहिने भाँडाकुँडा वस्तुजातको बन्दोबस्त मिथिलामा एक महिना अगाडिदेखि नै गर्न थालिन्छ। यो पर्व चार दिनसम्म मनाइन्छ।
पहिलो दिन चतुर्थीका दिनलाई ‘अरबा–अरबाइन’ वा नहान खान भन्ने गरिएको छ। व्रतीले भोजनमा माछा, मासु, लसुन, प्याज, कोदो, मसुर वस्तु परित्याग गरी यसै दिनदेखि व्रत बस्न थाल्छन्।पञ्चमी तिथि (दोस्रो दिन) लाई ‘खरना’ (पापको क्षय) भनिन्छ। गाईको गोबरले लिपपोत गरी अरुवा चामलको पिठोबाट तयार पारिएको झोलले भूमि सुशोभित गरेर व्रतीले यस दिन दिनभरि निर्जला व्रत बस्छन् र राति चन्द्रोदयपछि चन्द्रमालाई पायस (खिर) गरी सोही प्रसाद ग्रहण गर्छन्। यस दिनपछि व्रतीले पूर्ण व्रत लिनुपर्दछ।
षष्ठीका दिन (तेस्रो दिन) गहुँ र चामल ओखल, जाँतो वा ढिकीमा कुटान–पिसान गरी सोबाट निस्केको पिठोबाट विभिन्न गुलियो खाद्यसामग्री बनाइन्छ।
सोही दिन अन्नबाहेक फलफूल, ठकुआ, भुसवा, खजुरी, पेरुकिया तथा मूला, गाजर, बेसारको गाँठो, ज्यामिर, नरिवल, सुन्तला, केरा, नाङ्गलो, कोनिया, सरबा, ढाकन, माटोको हाथी ठूलो ढक्कीमा राखी परिवारका सम्पूर्ण सदस्य विभिन्न भक्ति एवम् लोकगीत गाउँदै निर्धारित जलाशयसम्म पुग्ने गर्छन्।
परिकारहरू जलाशयको किनारमा राख्नुअघि त्यस ठाउँ र पूजा सामग्रीलाई व्रतीले पाँचपटक साष्टाङ्क दण्डवत गर्छन्। त्यस ठाउँलाई पवित्र पार्न परिवारका सदस्यले पहिले नै तान्त्रिक पद्धतिअनुरूप ‘अरिपन चित्र’ कोरेका हुन्छन्।
त्यसपछि व्रतीले सन्ध्याकालीन अर्घका लागि पानीमा पसेर सूर्य अस्ताउञ्जेलसम्म आराधना गर्ने गर्छन्।
यस क्रममा व्रतीले दुवै हत्केलामा ‘पिठार’ र सिन्दूर लगाएर अक्षता फूल हालेर अन्य अर्घ सामग्री पालोपालो गरी अस्ताचलगामी सूर्यलाई अर्पण गरेर डिलमा आउने गर्छन्।पर्वको चौथा दिन (अन्तिम दिन)लाई पारन (पार्वण) भनिन्छ। यस दिन बिहान उषाकालमा व्रत गर्नेहरू पुनः जलाशयमा पुगी अघिल्लो दिन गरेको क्रम दोहोर्याई प्रातकालीन सूर्यलाई अर्घ दिन्छन्।
अर्घ सम्पन्न भएपछि सूर्य पुराण श्रवण गर्ने चलन छ। व्रतीले छठ व्रतको कथा सुन्छन् र सुनाउँछन्। त्यस कथामा एउटी सासू र बुहारीको सम्बन्धबारे चर्चा गरिएको छ।
सासू दुष्ट र कञ्जुस प्रवृत्तिकी थिइन्। कञ्जुस्याइँले गर्दा सासूले उखुको एक टुक्रा पनि बुहारीलाई खानका लागि दिइनन्। फलस्वरूप कुष्ठरोग भयो तर बुहारीले सबैलाई उखु खान दिइन्। त्यसैले उसको घरभरि सुनैसुनै भयो।
प्रातःकालीन अर्घमा दीप मालाले सजिएका जलाशयमा अपूर्वको अनुभूति हुन्छ। त्यसबेला असङ्ख्य नारीकण्ठले बेरी बेरी बरजु हे दीनानाथ, तिरिया जनम नहि देव, तिरिया जनम जं देव हे दीनानाथ सौतिनकसँग नहि देव (म पटकपटक बिन्ती गर्छु हे सूर्य देउता अर्को जुनिमा मलाई स्वास्नी मानिस नबनाऊ, स्वास्नी मानिसलको जुनी दिए पनि सौतासँग बस्नुपर्ने दुर्भाग्य नदेऊ) ले समाजमा विद्यमान महिला उत्पीडनको पनि झल्को दिन्छ।
महाभारतका अनुसार द्रोपदीसहित पाण्डवहरू अज्ञातवासमा रहँदा उक्त गुप्तवास सफल होस् भनी सूर्यदेवलाई आराधना गरेका थिए। उक्त समयमा पाण्डवहरू मिथिलाको किराँत राजाका क्षेत्रमा बास बसेको उल्लेख छ। लोककथनबमोजिम सोही समयदेखि छठ मनाउने परम्पराको थालनी भएको छ भने सूर्यपुराणअनुसार सर्वप्रथम अत्रिमुनिकी पत्नी अनुसुयाले छठ व्रत गरेकी थिइन्, फलस्वरूप उनले अटल सौभाग्य र पतिप्रेम प्राप्त गरिन् र त्यही बेलादेखि छठ गर्ने परम्पराको सुरुवात भएको तथ्य उल्लेख छ।
सातौँ शताब्दीमा सरापबाट पीडित प्रसिद्ध कवि मयुर भट्टले सूर्यको उपासनाबाट सुन्दर र कञ्चन शरीर पुनः प्राप्त गर्नुभएकाले नै त्यहीदेखि छठका दिनदेखि सूर्यको आराधना सुरु भएको कथन पनि पाइन्छ।
छठ पर्व मनाउनुको पछाडि धार्मिक मान्यतासँगै वैज्ञानिक र ज्योतिषसम्बन्धी तथ्यहरू पनि त्यतिकै छन्। वैज्ञानिक ज्योतिष तथा चिकित्सकहरूले पनि सूर्य तत्वबाट आफ्नो ज्ञानको अभिवृद्धि गरी जनकल्याणका लागि अन्वेषण गरेका छन्।
संसारका सम्पूर्ण भौतिक विकास सूर्यमाथि नै आधारित छन्। तिनको शक्तिविना रूख, बिरुवा, वनस्पति, प्राणी, जीवजन्य कसैको पनि अस्तित्व रहन सक्दैछ। सूर्य किरणको चिकित्साले कैयौँ चिकित्सकले ग्रन्थ लेखेको पाइन्छ। कैयौँ असाध्य तथा अक्षय रोगको आश्चर्यजनक उपचारसमेत खोजिएको छ।
साम्य पुराणमा आफ्नै पिता श्रीकृष्ण तथा महर्षि दुर्वासाको सरापद्वारा कुष्ठरोगबाट पीडित साम्य सूर्यको आराधनाको फलस्वरूप रोग मुक्त हुन गएको भन्ने चर्चा छ।
छठ पर्वमा व्रत गरे दुःख र दरिद्रताबाट मुक्त पाइन्छ भन्ने जनविश्वास छ। यसमा झुप्पा–झुप्पा फलहरू चढाउँदा सूर्य देउता प्रसन्न भई व्रतीलाई कुटुम्बसहित सबै सन्तानको भलो हुन्छ भन्ने मान्यता छ।
यस पर्वमा चढाइने पदार्थको सङ्ख्या ७० पुर्याउनुपर्छ तर चढाउन सामर्थ्य नभएकाहरू ‘गम्हरी’ चामलमात्र चढाए पनि देउता प्रसन्न हुनुहुन्छ भन्ने विश्वास पाइन्छ।यसमा जो व्रत बस्न सक्दैन उसले अर्को व्रत गर्नेबाट व्रत गराउने गर्छन्। आर्थिक अभाव रहे पनि भिक्षा मागेर भए पनि यो पर्व मानिसहरू मनाउने गर्छन्।

No comments:
Post a Comment
प्रतिक्रिया दिन चाहने पाठकहरुलाई जरुरी सूचना...
- यहांहरुले प्रतिक्रिया लेख्दा कृपया सभ्य भाषाको प्रयोग गर्नुहोला।
- असभ्य र आपत्तिजनक शव्दहरु प्रयोग गरिएको प्रतिक्रियालाई स्थान दिइने छैन।