गगन पुरी
ने।s।पा। एमालेले विगत लामो कालदेखि नयाँ जनवादको नीति कार्यक्रमलाई पुरै त्यागेर बहुदलीय जनवादको सिद्धान्तलाई अंगिकार गर्दै आइरहेको छ । तर उसले बहुदलीय जनवादको नीति तथा कार्यक्रमलाई नेपालको सन्दर्भमा माक्स्रवादको सृजनात्मक बिकास र प्रयोग बताउदै आइरहेको छ । एमालेको यस भनाइले नेपालको कम्युनिष्ट आन्दोलनमा काफी मात्रामा भ्रम छर्न सफल भइरहेको छ । अहिले पनि कतिपय एमालेलाई कम्युनिष्ट पार्टी भनेर उसको पछाडि आबद्ध भएका छन् । वास्तवमा एमाले कुनै बैचारिक राजनैतिक नीति कार्यक्रमका हिसाबले कम्युनिष्ट पार्टी होइन तर हालसम्म पनि उसले आफ्नो नाउँको पछाडि माक्स्रवादी लेनिनवादी पदावलीको प्रयोग गर्नुका साथै झण्डामा समेत हँसिया हतौडाको प्रयोग गर्दै आएकोलॆ पनि अझैपनि कतिपय इमान्दार शुभचिन्तकहरु एमालेमै आबद्ध भएका हुन् । यद्यपी एमाले आफ्नो नीति सिद्धान्त कार्यक्रम कार्यदिशा एवं व्यवहार समेत आदिका कारण कम्युनिष्ट पार्टी नभई सामान्य ढंगको वामपन्थी पार्टी त्यसमा पनि वुर्जुवा पार्टीमा स्खलित हुदै गइरहेको पुष्टि गर्दछ । यद्यपि उसको अतितमुखी यथास्थितिवादी प्रतिगामी सोचकार्यशैली र कार्यदिश्ााका कारण त्यहा लामो कालदेखि असिम त्याग बलिदान गर्दै आइरहेकाा इमान्दार क्रान्तिकारीहरु विद्रोह गर्न थालेका छन् । त्यो प्रकि्रया दिनप्रतिदिन एकपछि अर्को गर्दै बृद्धि हुदै आइरहेको छ । एकातिर एमालेबाट कार्यकर्ताले दिनदिनै विद्रोह गर्न र अर्कोतिर स्वयं पार्टी केन्द्रमा देखापरेको गुट उपगुटको लविङ्गका कारण पार्टी निकट भविष्यमै विगठनको अवश्थामा पुग्ने प्रवल सम्भावना देखिएको छ । तर अहिले यस लेखमा एमालेले अख्तियार गरेको वहुदलीय जनवादको कर्यक्रम माक्स्रवाद संगत छ कि छैन अर्थात यसले माक्स्रवादको सृजनात्मक विकाश र प्रयोग गरेको छ कि भ्रष्टिकरण त्यो कुनै क्रान्तिकारी कार्यक्रम हो या दक्षिणपन्थी संसोधनवादी यस बारेमा केही चर्चा गर्ने कोसिश गरिएको छ । वास्तवमा वहुदलिय जनवादको कार्यक्रमक कुनै नयाँ र क्रान्तिकारी कार्यक्रम नभई पुरानो दक्षिणपन्थी संसोधनवादी कार्यक्रम नै हो । नेपालको विशिष्ट परिस्थितिको आवश्यक्ताको नाउँमा उसले आफ्नो असली आत्मसमर्पणवादी र गद्धारी सारलाई ढाक्ने कोशिस गर्दै आइरहेको छ । उसले माक्स्र लेनिन स्टालिन माओ लगायतका अन्तराष्ट्रिय क्रान्तिकारी बिचारधाराहरुको पक्षमा होइन कि बरु विभिन्न बहानामा त्यसको ठिक विपरित वर्नस्टिन वाकुनिन संसदवादका पुजारीहरु दोश्रो अन्तराष्ट्रका काउत्सकी लगायतका गद्धारहरु ख्रुश्चेभ ब्रेझनेभ गोर्माचोभ ल्युभाओची देङ्ग जस्ता दक्षिणपन्थी गद्धारी प्रतिगामी तत्वहरुको लाइनमा आफुलाई सामेल गर्दै आइरहेको छ । स्ववयं बहुदलिय जनवादको नीति यो कुनै नौलो भिन्न र नेपालको परिवेशमा नभई रुसमा ख्रुश्चेभले ल्याएको संसोधनवादी एवं बासी सिद्धान्तको अन्ध नक्कलै हो । वहुदलिय जनवादले स्वत वर्गसंघर्ष सर्वहारावर्गको अधिनायकत्व सत्ताको लागि संघर्षमा बल प्रयोगको सिद्धान्त को अनिवार्यतालाई अस्वीकार मात्र गरेको छैन कि त्यसको पुर्णरुपमा विरोध र भ्रष्टिकरण गरिरहेको छ । त्यसैले यो क्रान्तिकारी कार्यदिशा होइन यथार्थमा दक्षिणपन्थी संसोधनवादी लाइन नै हो । त्यसैले अबको नेपालको का्रन्तिकारी धारालाई एमालेकॊ उक्त विसर्जनवादी अवसरवादी धारासित निर्यायक सम्बन्ध विच्छेद नगरीकन हामी क्रान्तिकारी माक्स्रवादको न त रक्षा गर्न सक्छौ न त बिकास नै ।हो आजको नेपालको विशिष्टतामा माक्स्रवाद लेनिनवाद माओवादलाई पार्टीको मार्गनिर्देशक सिद्धान्तको रुपमा ग्रहण र अनुशिलन नगरिकन कोहि पनि सच्चा कम्युनिष्ट हुनै सक्दैन । एमालेले माओवाद विचारको मात्र होइन कि सृजनशिलताको नाउमा माक्स्रवादको आधारभुत प्रस्थापना र सार्वभौम सिद्धान्तको नै तोडमोड गर्ने काम गरेको छ । यसैले अब यो उसको दक्षिणपन्थी लाइनका विरुद्ध सैदान्तिक राजनैतिक वैचारिक एवं व्यवहारिक सबै कोणबाट संघर्षको झण्डा उठाउनु नेपालका सही माक्स्रवादी लेनिनवादी हरुको दायित्व बन्न गएको छ । यसरी एमालेले एकातिर सिधासिधी क्रन्तिकारी माक्स्रवादको विरोध गर्दै सैदान्तिक रुपमै सुधारवादको बाटो अवलम्बन गरेको छ भने अर्कोतिर त्यसरी नै व्यवहारिक रुपमा यथास्थितिवादी पश्चगामी उपभोक्तवादी शैली अपनाउदै आएकोले एमाले अब लामो कालसम्म केवल वामपन्थीको रुपमा पनि रहिरहने सम्भावना क्षण हुदै गइरहेको छ । आखिरिमा बहुदलीय जनवादको सारतत्व के हो यसवारेमा हामीले बेलैमा स्पष्ट हुन जरुरी छ किनभने यसबारेमा स्पष्ट नभइकन यसले कसरी माक्स्रवादलाई विकृत र भ्रष्टीकरण गर्ने गरेको छ भन्ने कुरा बुझ्न सक्दैन । बताइरहनु पर्ने आवश्यक्ता छैन कि बहुदलिय जनवादको सारतत्व भनेको बहुदलिय प्रतिस्पर्धा चुनावी प्रकृया या शान्तिपुर्ण प्रकिृयाबाट नै समाजको आमुल परिवतर्न हुन्छ भन्नु हो । तर यो माक्स्रवाद संगत छैन किनभने माक्स्रवादले समाजको आमुल परिवर्तनका लागि प्रथम सर्वहारावर्गले आफ्नो अधिनायकत्वमा सत्ता लिनु पर्दछ र उक्त सत्ता केवल चुनावी प्रतिस्पर्धा वा शान्तिपुर्ण तरिकाबाट नभई शसक्त बल प्रयोगद्धारा मात्र सम्भव छ भन्ने मान्यता राख्दछ । त्यसो त यो माक्स्रवादको सार्वभौम सिद्धान्त नै हो । तर यसै कुरलाई पुरै तोडमोड गरेर एमाले ले विना वर्गसंघर्ष विना बल प्रयोग आमुल परिवर्तनको वकालत गर्दछ । त्यो उसको हद दर्जाको बेइमानी बाहेक केही होइन किनभने हामी सबैलई प्रष्ट भएकै कुरा यो हो कि जबसम्म समाज वर्गिय रहन्छ तबसम्म वर्गसंघर्ष कायम रहन्छ र सत्ताको स्वरुप पनि वर्गिय नै रहन्छ । त्यसरी एउटा वर्गको स्वार्थको निम्ति प्रयोग भइरहेको सत्तालाई श्रमजीविले आफ्नो हातमा लिन त्यहाँ अनिवार्य रुपले बल प्रयोगको आवश्यक्ता पर्दछ । तर बहुदलिय प्रतिस्पर्धा ले त्यस कुराको अस्विकार गर्दछ । यसकारण यो संसोधनवादी राजनैतिक लाइन हो । यसले अन्तत श्रमजीवि वर्गको होइन कि मुठ्ठीभर शोषक सामन्ती र पुजिवादी राज्यसत्ताको सेवा गर्दछ । माक्स्रवाद के हो यसको आधारभुत प्रस्थापना र सार्वभौम सिद्धान्त के हो यसबारेमा केही चर्चा गरौं । वास्तवमा माक्स्रवादका तीन अंग छन् दर्शन राजनीतिक अर्थशास्त्र र बैज्ञानिक समाजवाद । समग्रमा भन्नुपर्दा समाज परिवर्तनको एउटा बिज्ञान हो । संघर्षको दर्शन हो अनि क्रान्तिको पनि साधन भएकोले यो ठोस परिस्थितिमा ठोस बिश्लेषण अनुरुप देशकाल परिस्तिति बदलिदैं जादाँ यो पनि निरन्तर परिवर्तन विस्तृत संवृद्ध हुदै विकसित र प्रयोग हुने गर्दछ । यो कुनै अपरिवर्तनयि धर्मशास्त्र जस्तो नभई यो त ब्रम्हाण्ड मानव समाज लगायतलाई बदल्ने र बिचार प्रणाली भएकाले माक्स्रवाद पनि गतिशिल हुने गर्दछ । यसकारण जीवन र जगतको निरन्तर गतिशिल अवश्था र सम्बन्धित देशको वस्तुगत अवश्थामाथि गम्भीरतापुर्वक बिचार पुर् याउँदै यसको आधारभुत प्रस्तावना र सावभौम सिद्धान्तको प्रयोग गर्नु पर्दछ । जसले गर्दा मालेमावाद झन विकसित र सम्वृद्ध बन्दै जानेछ । त्यसो त माक्स्रवाद स्वयं प्रयोगको शिलशिलामा झन सम्वृद्ध बन्दै जानुका साथै एउटा निश्चित बिन्दु र अवश्थामा पुगेपछि प्रतिस्थापन समेत हुने गर्दछ अर्थात यसको पनि मृत्यु हुने गर्दछ । तर त्यो बेलामा माक्स्रवादको मृत्युको सम्भावना तबमात्र रहन्छ समाजमा जब माक्स्रबाद भन्दा अर्को कुनै उच्च प्रकारको चीजको जन्म हुन्छ । जुनबेलामा माक्स्रबादको काफी मात्रामा विकाश र प्रयोग भैसकेको हुन्छ तर यसको मतलव आजको दुनियाँमा सर्वहारावर्गको आफ्नो अन्तिम मुक्तीको लागि माक्स्रवाद भन्दा अर्को कुनै विकल्प छैन । तर माक्स्रवादको जुन आधारभुत प्रस्थापना र सार्वभौम सिद्धान्त बाट नै दुनियाँको आमुल परिवतर्न र मुक्ती सम्भव छ माक्स्रवादको त्यही आधारभुत प्रस्तापना र सार्वभौम सिद्धान्तलाई एमालेले वहुदलिय जनवाद रे सृजनात्मक विकाश र प्रयोगको नाउमा तोडमोड गर्ने अपव्याख्या गर्ने गरेकाले वास्तवमा माक्स्रवादको भ्रष्टीकरण भएको छ । प्राकृतिक विज्ञानका पछिल्ला खोजहरुले पुष्टि गरेको मुख्यगरि ब्रम्हाण्डको उत्पती विकाश महान धमाका दष्नदबलन को सिद्धान्त सापेक्षताको सिद्धान्त क्वान्टम यान्त्रिक त्यसको अनिश्चितताको सिद्धान्त आदि समेतले माक्स्रवादको मेरुदण्डको रुपमा रहेको द्धन्द्धवादको सिद्धान्तलाई पुष्टि गरेको छ तर ज।व।ज। ले त्यस कुराको ठाडो उल्लंघन गरेको छ । हो दुनियाँमा क्रान्ति गर्नका लागि माक्स्रवाद हुवहु या जडसुत्रको रुपमा होइन कि सम्बन्धित देशको विशिष्ट परिस्थिती अनुरुप सृजनात्मक विकाश र प्रयोग गर्नै पर्छ । माक्स्रवादको सृजनात्मक विकाश र प्रयोग भनेको पनि वास्तवमा माक्स्रवादको आधारभुत प्रस्थापना र सार्वभौम सिद्धान्तको रक्षा विकाश र प्रयोग नै हो । तर सृजनात्मक को नाउमा आधारभुत प्रस्थापनाको संसोधन गर्ने वा आफ्नो अनुकुल व्याख्या गर्ने वहुदलीय जनवादको सार चरित्र हो । जसले क्रान्तिकारी सिद्धान्तको विकाश र प्रयोग त के रक्षा पनि गरेको छैन । हो एमालेले तात्कालीन आवश्यक्ता र हितको नाउमा माक्स्रवादको आधारभुत प्रस्थापना र सार्वभौम सिद्धान्तको नै परित्याग गर्ने वा संसोधन गर्दै आइरहेको छ ज।व।ज। त्यसको एउटा उदाहरण हो। माक्स्रवादी वर्गसंघर्ष राज्यसत्ता सम्बन्धी वर्गीय अवधारणा क्रान्तिमा अनिवार्य रुपले बल प्रयोगको सिद्धान्त सर्वहारा साँस्कृतिक क्रान्ति सर्वहारावर्गको अधिनायकत्व जस्ता महत्वपुर्ण प्रस्थापनाको ज।व।ज।ले उल्लंघन गर्दै आएकाले यो माक्स्रवादको सृजनात्मक विकाश र प्रयोग नभई असली भ्रष्टीकरण नै हो । यसकारण एमालेको उक्त नीति तथा कार्यक्रमको सही माक्स्रवादी लेनिनवादीहरुले भण्डाफोर नगरिकन क्रान्तिकारी कार्यदिशाको न त रक्षा न त विकाश न त प्रयोग नै गर्न सकिन्छ ।
No comments:
Post a Comment
प्रतिक्रिया दिन चाहने पाठकहरुलाई जरुरी सूचना...
- यहांहरुले प्रतिक्रिया लेख्दा कृपया सभ्य भाषाको प्रयोग गर्नुहोला।
- असभ्य र आपत्तिजनक शव्दहरु प्रयोग गरिएको प्रतिक्रियालाई स्थान दिइने छैन।