नेपाली जनताले विभिन्न समयमा समय अनुरुपका परिर्वतनहमा आफ्नो अमुल्य भूमिका निर्वाह गर्दै आएका छन् । २०४६ सालको पत्रतन्त्र प्राप्ती आन्दोलन होस या ६२÷६३ को संघीय लोकतान्त्रिक गणतन्त्र प्रप्तीको आन्दोलनकोमा उतिकै मात्रामा अमुल्य भूकिका निर्वाह गरेका छन । विगतका इतिहासहरुलाई नियाल्ने हो भने नेपालको परिपेक्ष्यमा जति पनि भएका जनपक्षिय परिर्वतनशिल आन्दोलनहरुमा उतिकै मात्रमा जनसहभागिता जनाएका नेपाली जनता आव पुन एक पल्ट नागरिक सर्वोच्चताकायम गर्नको लागि कम्मरकसेका छन । ६२÷६३ को जनआन्दोलनको फलस्वरुप नेपाली जनताले नेपाली जनताको मनोभावना अनुरुपको संविधान निमार्ण गर्नको लागि संविधानसभाको निर्वाचन गर्ने महत्वपूर्ण मवसर पाएका छन । विभिन्न प्रकारका अवरोधहरुको बावजुद्ध संविधानसभा माओवादीको वर्जस्व रहने गरि सम्मन भएको सर्वविदितै छ । संघीय लोकतान्त्रि गणतन्त्र नेपालको पहिलो सरकार संाचालन गर्ने पूर्ण अधिकार नेपाली जनताले एकीकृत नेपाल कम्युनिष्ट पार्टी माओवादीलाई दिएको हो । तर नेपाली जनताको मनोवानामा खेलबाड गरिरहेन केही तत्वहरुलाई त्यो अधिकारलाई राम्रो रुपमा लिन नसक्नु स्वाभाविक कुरा नै हो । किनकी कोही कसैले पनि आफु भन्दा अरु कसैको कुनै प्रकारको अस्थित्व सहजरुपमा स्वकार्न सक्दैन । नेपालको यरिपेक्षयमा यस प्रकारको राजनैतिक परिवाटी कहिले बन्न सकेको छैन । यस्तो परपार्टी बसाल्नका लागि माओवादी लगायतका केही दलहरुले निकै राम्रो प्रयास पनि नगरिरहेको होइन संयोग यस्तो परिपाटी बनाउन नदिने तत्वहरुको बाहुलियता भनै तेब्बर नै रहेको कारण पनि हो बन्न नसकेको । यस्ता विभिन्न प्रकारका सडयन्त्रहरुको बावजुद्ध नेपाली जनता नयाँ नेपालको नयाँ संवीधान बनाउनको लागि कम्मर कसेको समयमा अराजनैति तत्वहरुले संविधान नै बनाउन नहिने अनेकौ प्रकारका प्रयत्नहरु गरिरहेका छन । उनै प्रकारका विभिन्न सड्यन्त्रहरुलाई निस्तेज पार्नको लागि अहिने माहोवादी पुन जनआन्दोलनको सुरुवालतको क्रममा छ । जस अनुरुप आज कार्तिक १५ गते साझ देश ब्यापि रुपमा मसाल जुलुस प्रदर्शन गरिसकेको छ । यस आन्दोलनलाई माओवादी तेस्रो जनआन्दोलनको रुपमा व्यक्त गर्न खोजीरहेको छ । आन्दोलनको सुरुवात अहिलेको समय सापेक्षित रुपमा र गित ६२÷६३ को संयुक्त जनआन्दाृलनलाई तुलना गर्ने हो भने यो आन्दोलनलाई एक सफलताको आन्दोलनको रुपमा व्याख्या गर्दा कुनै प्रकारको समस्या आउन नसक्कने कुरामा जो कोही स्पष्ट हुदा हुन्छ । यो आन्दोलनको सुरुवालाई साच्चिकै नियालेर हेर्ने हो भने यस आन्दोलनको परिणाम नेपाली जनतालाई पुन एक पल्ट उत्साह थप्ने आन्दोलनको रुपमा बिकास हुने कुरामा विश्वस्त हुन जरुरी छ । आन्दोलनको सुरुवात मशाल जुलुसमा जनताको निक्कै दरिलो उपस्थिति रहेको सहज महसु सबै बर्गलाई भएको छ । आन्दोलनको सुरुवातले एक नविन बिहानीको संकेत गरिसकेको छ । तर भने हाल सरकार संचालन गरिरहेको पार्टी एमाले र सरकारले यो आन्दोलनलाई कुनै पनि हालतमा दवाउने बताइरहदा पुन सर्वसाधारण नेपाली जनता ससंकित भएका छन । शान्तिपूर्ण र शसत्त आन्दोलन अनि वर्वर दमनको फलस्वरुप नेपाली जनताले कस्तो परिर्वतन पाउने हो हेर्न बाँकि नै छ ।
Sunday, November 1, 2009
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment
प्रतिक्रिया दिन चाहने पाठकहरुलाई जरुरी सूचना...
- यहांहरुले प्रतिक्रिया लेख्दा कृपया सभ्य भाषाको प्रयोग गर्नुहोला।
- असभ्य र आपत्तिजनक शव्दहरु प्रयोग गरिएको प्रतिक्रियालाई स्थान दिइने छैन।