Thursday, January 21, 2010

कति बेला बन्छन् केटा पुरुष र केटी महिला

तँ कहिले ठुलो हुने ? यो कुरा अधिकांश अभिभावक आफ्ना बालबालिकासँग सोध्ने गर्दछन् । उनीहरुलाई सताउने गर्दछ कि २०-२२ वर्षको भएपछि आफ्नो छोरा किन बालककै व्यवहार गरिरहेको छ।
यसको जवाफ हो-जबसम्म केटाहरु २७ वर्षको हुँदैनन् तबसम्म उनीहरुमा बालापन कायमै रहने गर्दछ। त्यतिबेलासम्म उनीहरुमा परिपक्वता आउँदैन । २७ वर्षपछि मात्र सही अर्थमा केटा मान्छेलाई ‘पुरष’ बन्न सक्छन् । यदि छोरी मान्छेको कुरा गर्ने हो भने उनीहरु २४ वर्षकै उमेरमा परिपक्व भइसक्छन् ।
अनपोल डट कम नामक अनलाइनले गराएको एक सर्भेका अनुसार यो तथ्य सार्वजनिक भएको हो । उक्त सर्भेका अनुसार केटाहरु २६ वर्षसम्म अथवा २९ वर्षको उमेरसम्म आफ्नो बच्चा नहुँदासम्म बच्चाकैजस्तो व्यवहार गर्दछन् । उनीहरु नशामा लुप्त हुन्छन्, मस्ती गर्छन् र अन्यलाई सताउछन्।
तर, केटीहरु २४ वर्ष भइसक्दासम्म परिपक्व स्थितिमा रहन्छन् । उनीहरु अधिक मेकअप गर्दछन्, असुरक्षित यौन सम्बन्ध कायम गर्छन् र अभर्द व्यवहारसमेत गर्न सक्छन्।
उत्तः सर्भेक्षणको परिणामअनुसार महिलाहरु पुरुषको अपेक्षामा अधिक तिब्रताका साथ परिपक्व बन्ने गर्दछन् । परिपक्वताको मामिलामा पुरुष महिलाभन्दा निकै पछि हुने गर्दछन्।

1 comment:

प्रतिक्रिया दिन चाहने पाठकहरुलाई जरुरी सूचना...
- यहांहरुले प्रतिक्रिया लेख्दा कृपया सभ्य भाषाको प्रयोग गर्नुहोला।
- असभ्य र आपत्तिजनक शव्दहरु प्रयोग गरिएको प्रतिक्रियालाई स्थान दिइने छैन।