नवलपरासीको झ्याल्टुंङडाँडास्थित माओवादी जनसेनाको चौथो डिभिजनमा रहेका ३ सय ६१ जना अयोग्य लडाकुहरुको फुलमाला पहिर्याएर बिहीबार विदाई गरिएको छ । अयोग्य मध्ये २ सय ६१ जना भने अनुपस्थीत थिए ।
चौथो डिभिजन नवलपरासीमा ६ सय २२ जना अयोग्य लडाकुहरु रहेका थिए । अनुपस्थीतहरु घरविदामा गएको चौथो डिभिजनका सह-कमान्डर सुदिपले जानकारी दिनुभयो । चौथो डिभिजनमा रहेका आयोग्य लडाकुहरु मध्ये चार सय २४ जना १८ बर्ष नपुगेका र १ सय ९८ जना शान्ति सम्झौता पछि भर्ना भएको अनमीनले जनाएको थियो । उनीहरुलाई गाडी भाडास्वरुप अनमिन र माओवादी सेनावाट दिएको २२ हजार नगदसहित आज सरकार, अनमिन र माओवादी कमान्डरहरुको रोहवरमा घर पठाईएको हो ।
विदाई समारोहमा सरकारका प्रतिनिधीहरुलाई अयोग्य लडाकुहरुले वोल्न दिएनन् । सरकारका प्रतिनिधी शान्ति प्रक्रिया र सेना समायोजन विरोधी भएकाले वोल्न नदिएको उनीहरुले वताएका छन् ।उनीहरुले कार्यक्रम स्थलमै होहल्ला मच्चाएका थिए । सरकारी प्रतिनिधीले सम्वोधन गरे आफुहरु विरोधमा उत्रने उनीहरुले चेतावनी दिएपछि सरकारी प्रतिनिधीले वोल्ने कार्यक्रम स्थगित गरिएको थियो ।
No comments:
Post a Comment
प्रतिक्रिया दिन चाहने पाठकहरुलाई जरुरी सूचना...
- यहांहरुले प्रतिक्रिया लेख्दा कृपया सभ्य भाषाको प्रयोग गर्नुहोला।
- असभ्य र आपत्तिजनक शव्दहरु प्रयोग गरिएको प्रतिक्रियालाई स्थान दिइने छैन।