Friday, January 1, 2010

महिला सुन्दरताको रहस्य


बैज्ञानिकहरुको एउटा समूहले महिलाको अनुसारको सुन्दरता र आकर्षणको रहस्य पत्ता लगाएको दावी गरेको छ। उनीहरुकाअनुसार यो सब आंखा, मुख र काना बीचको दूरी र त्यसको अनुपातको कमाल हो ।शोधको परिणामअनुसार क्यानाडाकी पप गायिका शानिया ट्वेनको अनुहार सबभन्दा बढी सुन्दर र आकर्षक मानिएको छ।टोरन्टो विश्वविद्यालयमा गरिएको अध्ययन विजन रिसर्च नामक पत्रिकामा प्रकाशित छ। शोधकर्ताहरुले कुनै एक महिलाको रंगीन तस्वीर छानेर उसको अनुसारलाई अलग अलग भागमा विभाजन गरी विद्यार्थीहरुलाई कुन भागको सुन्दरता कति छ, त्यसअनुसार नम्बर दिन भनेका थिए।यसक्रममा फोटोसपको प्रयोग गरेर तस्वीरहरुमा आंखा र मुखबीचको दूरी र दुवै आंखाको बीचको दूरी परिर्वतन गरी विद्यार्थीहरुलाई दिइएको थियो। फेरि तिनै महिलाको मुख्य तस्वीरसंग यसको तुलना गरियो । कयौ पटकको प्रयोगपछि शोधकर्ता सबभन्दा सुनदर र आकर्षक अनुहारको अनुपात प्राप्त गर्न सफल भएका थिए ।परिणामअनुसार जुन महिलाको आंखा र मुखबीचको दूरी अनुहारको कुल लम्बाईको ३६ प्रतिशत र आंखा आंखीभौंबीचको दूरी अनुहारको कुल चौडाईको ४६ प्रतिशत हुन्छ, त्यो अनुहार अत्यन्त सुन्दर र आकर्षक हुन्छ।बीबीसी

No comments:

Post a Comment

प्रतिक्रिया दिन चाहने पाठकहरुलाई जरुरी सूचना...
- यहांहरुले प्रतिक्रिया लेख्दा कृपया सभ्य भाषाको प्रयोग गर्नुहोला।
- असभ्य र आपत्तिजनक शव्दहरु प्रयोग गरिएको प्रतिक्रियालाई स्थान दिइने छैन।