
चौथो चरणको आन्दोलन अन्र्तगत आफैले घोषणा गरेका गणराज्य अन्तर्गत नेवाः र ताम्सालिङ स्वायत्त गणराज्यको सिन्धुलीको एैतिहासिक स्थल सिन्धुलीगढीमा आइतबार आयोजित संयुक्त जनसभालाई सम्बोधन गर्दै प्रचण्डले राष्ट्रिय स्वाधीनताको विरुद्धमा षड्यन्त्र भइरहेको दाबी गर्नुभयो ।
भारतले एकलौटी ढङ्गले सबै सन्धि सम्झौताहरु नेपालमाथि लादिरहेको आरोप लगाउँदै प्रचण्डले सन् १९५० को सन्धिको आडमा ५ हजार भारतीय सेना नेपाल छिरेर भीमदत्त पन्तको हत्या गरेको भन्दै अहिले पनि यो सन्धि परिवर्तन नभएको बताउनुभयो ।
तत्कालीन राजा वीरेन्द्र शाह र तत्कालीन एमाले महासचिव मदन भण्डारीको राष्ट्रियताको मुद्दामा अडिग रहेकै कारण सुनियोजित ढङ्गबाट भारतीय इसारामा हत्या भएको दाहोर्याउनुभयो ।
“वीरेन्द्रले भारतको विरोध गरेका कारण मारिनुपर्यो, भण्डारीको पनि अग्रगमनको चाहना भएकै कारण हत्या भएको हो” उहाँले भन्नुभयो “पूर्वराजा वीरेन्द्र र भण्डारीसँग वार्ताको समय तय भइसके पनि वार्ता हुन नपाएको भन्दै दुबैको मिसन पूरा हुनु अगावै हत्या हुनुले पनि त्यसको पुष्टि गर्छ ।”
अध्यक्ष प्रचण्डले विदेशीको चरम हस्तक्षेपबाट इतिहासमा विभिन्न स्वतन्त्र राज्यहरूको बिलय भएको भन्दै त्यही नीति नेपालमा पनि प्रयोग गर्न खोजेकाले त्यस्तो नीतिलाई असफल पारेर छाड्ने बताए ।देशभक्तहरूले स्वाधीनताको लागि भिमसेन थापा लगाएतका व्यक्तिहरूले देखाएको देशभक्तिपूर्ण भावनाबाट पाठ सिक्नुपर्नेमा उहाँको भनाई थियो । सिन्धुलीमा भएको आमसभामा उहँले इतिहासदेखी नै देशभक्तहरूको हत्या गरेर विदेशी हस्तक्षेप बढाएको टिप्पणी गर्नुभयो । उहाँले अधिकांश समय इतिहासका घटनालाई खोतलेर राजा विरेन्द्र तथा नेता मदन भण्डारीको देशभक्तिपूर्ण जिवनीको व्याख्या गर्न खर्चनुभएको थियो ।
मन्त्रीहरुमा जंगबहादुरको गन्ध
वर्तमान सरकारका मन्त्रीहरुको बोलिमा जङ्गबहादुरको गन्ध आउने गरेको बताउनुभएको छ । प्रचण्डले वर्तमान सरकारका मन्त्रीहरुको बोलीमा जङ्गबहादुरको जस्तै गन्ध आउने बताउनुभयो ।
भारतीय सेनाध्यक्ष दीपक कपुरकै बोली नेपालका मन्त्रीहरुले बोल्नु संयोग मात्र नभई षड्यन्त्र भएको भन्दै प्रचण्डले यसलाई गम्भिरता पूर्वक नलिए देशमा ठूलो दुर्घटना निम्तने बताउनुभयो ।
रक्षामन्त्री विद्यादेवी भण्डारीको सेनासमायोजन सम्बन्धि अभिव्यक्ति त्यसैको गन्ध भएको भन्दै प्रचण्डले भन्नुभयो “शान्ति प्रक्रिया र पुनस्थापनाका कुरा उठिसकेका बेला भण्डारीले यस्तो कुरा बोल्नु कुनै मजाक हो ?”
प्रचण्डले राष्ट्रप्रेमी शक्तिहर एक भएर अहिलेको चुनौतिको सामना गर्न नसके सन्ततीहरुले धिक्कार्ने भन्दै सबै एक भएर शान्ति प्रक्रियालाई पूर्णतादिनु अहिलेको् मूख्य आवश्यकता भएको बताउनुभयो ।
संयन्त्रले गतिरोध अन्त्य हुने विश्वास
प्रचण्डले उच्चस्तरीय राजनीतिक संयन्त्रले विद्यमान राजनीतिक गतिरोध अन्त्य गर्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले संयन्त्रले गतिरोध अन्त्यकालागि आवश्यक पहल सुरु गरेको भन्दै आइतबारदेखि घोषणा गरिएको देशव्यापी आमहड्ताल फिर्ता लिएको बताउनुभयो ।
उहाँले भन्नुभयो “आन्दोलनका अन्य कार्यक्रमहरू भने यथावत् छ । ”
यसअघि माओवादीले मिथिला-कोचिला-भोजपुराको संयक्तसभा बाराको कलैयामा, थारुवान-भेरीकणर्ाली-सेतीमहाकाली र भोटेलामाको संयुक्त सभा बर्दियाको गुलरीयामा तथा तमुवान-मगराँत-शेर्पा गणराज्यको संयुक्तसभा म्याग्दीको बेनीमा सम्पन्न गरिसकेको छ । सिन्धुलीको सभा माओवादीले घोषणा गरेको गणराज्यहरुमा सुरु गरिएको अन्तिम संयुक्त सभा हो ।
No comments:
Post a Comment
प्रतिक्रिया दिन चाहने पाठकहरुलाई जरुरी सूचना...
- यहांहरुले प्रतिक्रिया लेख्दा कृपया सभ्य भाषाको प्रयोग गर्नुहोला।
- असभ्य र आपत्तिजनक शव्दहरु प्रयोग गरिएको प्रतिक्रियालाई स्थान दिइने छैन।