Sunday, January 24, 2010

नेपालमा 'मिस इन्डिया' चुनिने



नेपालमा मिस नेपाल नामको एउटा सौन्दर्य प्रतियोगिता हुने गर्छ। त्यस बाहेक मिस टिन, मिस मंगोल, मिस शेर्पा, मिस नेवाः आदि के के हो के के सौन्दर्य प्रतियोगिता पनि हुने गर्छ।
तर यस पटक भने भारतले मिस इन्डियाको खोजी नेपालमा पनि गर्ने भएछ। भारतमा सुन्दरीको कमी भएर त्यसो गरेको भने हैन होला। नेपालमा खोजिने भारतीय सुन्दरी प्रतियोगिताको विज्ञापन भारत कै लगानी भएको पत्रिका दि हिमालयन टाइम्समा आज छापिएको छ।
प्रतियोगिताको नाम ‘मिस इन्डिया वर्ल्डवाइड’ राखिएको छ। यसमा सहभागी हुन नेपालमा बसिरहेका भारतीय मूलका नागरिक हुनुपर्ने शर्त राखिएको छ। पहिलो पटक नेपालमा हुन लागेको यस्तो प्रतियोगिताको आयोजना नेपलिज काउन्सिल नामको संस्थाले गरेको रहेछ। १८ देखि २७ वर्षसम्मकी युवतीलाई फाराम भर्न आह्वान गरिएको विज्ञापनमा फाराम काठमाडौँ, पोखरा, वीरगञ्ज, विराटनगर, नेपालगन्ज र धरानमा समेत पाइने भनिएको छ। भारत र नेपालबीच विशेष मैत्रि सन्धी भएको हुनाले दुवै देशका नागरिक एक अर्काको देशमा भिसा बिना व्यापार व्यवसाय गरी बस्न पाउँछन्।
यस्तो सुविधा अरु देशका नागरिकलाई छैन। त्यसैले मिस इन्डिया वर्ल्डवाइड जस्तो मिस चाइना, मिस बंगलादेश, मिस अमेरिका चाहिँ नेपालमा हुन गा्ह्रै छ है।

No comments:

Post a Comment

प्रतिक्रिया दिन चाहने पाठकहरुलाई जरुरी सूचना...
- यहांहरुले प्रतिक्रिया लेख्दा कृपया सभ्य भाषाको प्रयोग गर्नुहोला।
- असभ्य र आपत्तिजनक शव्दहरु प्रयोग गरिएको प्रतिक्रियालाई स्थान दिइने छैन।