Friday, January 29, 2010

सनिवारको साहित्य

गजल
कमन देवान
नियतिले पीरेपछि नैना रोयो आज

आफ्नै मुहार हेरी हेरी ऐना रोयो आज ।



चोखो माया पल्टनको सुन साट्न जाँदा

महँगो भो मोल अरे वैना रोयो आज ।



दुधपनि दाना घाँस खाँदा पो त आउँछ

मनको चरन गुमेपछि लैना रोयो आज ।



स्वतन्त्र भइ आकाशमा उड्न खोज्ने रहर

कैदी हुँदा पिँजडामा मैना रोयो आज ।

तोपगाछी झापा

No comments:

Post a Comment

प्रतिक्रिया दिन चाहने पाठकहरुलाई जरुरी सूचना...
- यहांहरुले प्रतिक्रिया लेख्दा कृपया सभ्य भाषाको प्रयोग गर्नुहोला।
- असभ्य र आपत्तिजनक शव्दहरु प्रयोग गरिएको प्रतिक्रियालाई स्थान दिइने छैन।